२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

बच्चाको तनावले किशोरीलाई परीक्षामा मुस्किल

४ चैत्र २०७३, शुक्रबार ०६:१६

(हेमन्त केसी) | चैत ४, जाजरकोट | कार्कीगाउँकी १६ वर्षीया निर्मला खत्री अहिले माध्यमिक शिक्षा परीक्षा दिनु र साथमा रहेको एक वर्षको छोराको पालनपोषण गर्नु मात्र होइन, घर नजिकैको परीक्षा केन्द्रमा परीक्षा दिन नपाएपछि जगतिपुरमा बसेर परीक्षा दिन बाध्य हुनु परेको बताउनुहुन्छ । 

जगतिपुरमा होटल नभएका कारण कोठा लिएर परीक्षार्थीले आफैँ खाना बनाई खानुपर्ने र डेढ घन्टा लगाएर पानी बोकेर ल्याउनुपर्ने अर्को बाध्यता रहेको निर्मलाको भनाइ छ । बच्चा सँगै भएका कारण पढाइ पनि राम्रो नभएको उहाँको भनाइ छ । 

“पढ्न लाग्दा छोरा रुन्छ, रुँदारुँदै कसरी पढ्नु ?” उहाँले भन्नुभयो । उहाँ जस्तै अर्की भुरकी सबिना पुन पनि १६ वर्षकी हुनुभयो । उहाँका साथमा पनि ६ महिनाकी छोरी छिन् । छोरीका कारण उहाँको पढाइ र अन्य काम सवै अलपत्र परेको छ । पढाइ नहुँदा नहुँदै उहाँ ६ महिनाको छोरी च्यापेर जगतिपुरमा परीक्षा दिन आउनुभएको छ । 

बिहीबारको परीक्षा दिँदादिँदै तीनपटक छोरीलाई दूध ख्वाउँदा उहाँले सोचे जति लेख्नसमेत नसकेको बताउनुभयो । छोरी, परीक्षा र बिरानो ठाउँ, अनि आफँै खाना वनाएर खानु परीक्षाको सबैभन्दा पीडाको विषय भएको पुनको भनाइ छ । घर नजिकैको विद्यालयमा परीक्षा केन्द्र भएपनि सेन्टर परिवर्तनले गर्दा विद्यार्थी मारमा परेका छन् । उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने र छिट्टै बच्चा पाउँदा घरधन्दा र आमाको जिम्मेवारीले गर्दा यहाँका छात्राको पढाइ बिगँ्रदो अवस्थामा रहेको छ । 

आमाबाबाको दबाब र देखासिकीका कारण छिटो बिहे गर्दा जिम्मेवारी बढ्ने समस्याले यहाँका छात्राको पढाइमा समस्या आएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो । 

परीक्षामा सहभागीमध्ये ३० प्रतिशत विवाहित भएको परीक्षा सहभागी केन्द्राध्यक्षले बताएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जाजरकोटमा ६४ माविका १९ वटा परीक्षा केन्दबाट पाँचहजार ६ सय १५ विद्यार्थीले परीक्षा दिँदैछन् । 

कुनै पनि विद्यालयले आफू अध्ययनरत विद्यालयबाट परीक्षा दिन पाउने छैनन् । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने भन्दै शिक्षा विभागको परिपत्रअनुसार नै यो निर्णय विगत ४ वर्षदेखि लागू गरिँदै आएको जिल्ला शिक्षा अधिकारी सिंहले बताउनुभयो । 

परीक्षा नियन्त्रकले जिम्मेवारी बिर्संदा 

परीक्षामा चिट चोरी रोक्नु र अन्य अमर्यादित कामलाई नियन्त्रण गर्न परीक्षा नियन्त्रकको व्यवस्था गरिएको हुन्छ । विद्यार्थीको सङ्ख्याका आधारमा नियन्त्रकको व्यवस्था गरी खटाएको हुन्छ । जाजरकोटका अधिकांश परीक्षा केन्द्रमा खटिएका नियन्त्रकले आफँै चिट चोराउने काम गर्दा समस्या भएको विद्यार्थी बताउँछन् । विद्यार्थीलाई उत्तर भनिदिनेदेखि खुलेआम चोरी गर्न दिने गरिएको छ । 

अनुगमनमा खटिएका कर्मचारी, पत्रकार परीक्षा केन्द्रमा आएपछि चिट लुकाऊ भनेर निर्देशन दिने काम कक्षा नियन्त्रकको रहेको पाइएको छ । जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह जगतिपुर परीक्षा केन्द्रमा पुगी विद्यार्थीबाट चिट माग्दा भारी मात्रामा गेसपेपर विद्यार्थीले जिशिअलाई बुझाएका थिए । प्रहरीका अनुसार कर्मकाण्डी रुपमा गेटमा चेक गर्दा सबै गेसपेपर विद्यार्थीले भित्रै लगेका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…