पर्वत । नेपाली चलचित्र लम्फूको पचास प्रतिशत छायाँकन पर्वतमा हुने भएको छ । पर्वत जिल्लाका तीन ठूला र अग्ला पुलहरुको सेरोफेरो, केबुलकार लगायतका क्षेत्रमा सो चलचित्रको छायाँकान हुने  निर्देशक गोपालचन्द्र लामिछानेले शुक्रबार पत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली चलचित्र लम्फूको पचास प्रतिशत छायाँकन पर्वतमा हुने भएको छ । पर्वत जिल्लाका तीन ठूला र अग्ला पुलहरुको सेरोफेरो, केबुलकार लगायतका क्षेत्रमा सो चलचित्रको छायाँकान हुने  निर्देशक गोपालचन्द्र लामिछानेले शुक्रबार पत"/>
२०८२, १६ चैत्र सोमबार
पर्बत - PBT

तेस्रो साता देखि लम्फूको छायांकन पर्वतमा हुने

२०७३, ४ चैत्र शुक्रबार १२:३२

पर्वत । नेपाली चलचित्र लम्फूको पचास प्रतिशत छायाँकन पर्वतमा हुने भएको छ । पर्वत जिल्लाका तीन ठूला र अग्ला पुलहरुको सेरोफेरो, केबुलकार लगायतका क्षेत्रमा सो चलचित्रको छायाँकान हुने  निर्देशक गोपालचन्द्र लामिछानेले शुक्रबार पत्रकार भेटघाट गरी जानकारी दिएका छन् ।

उनले यहि चैत्रको तेस्रो साता देखि कुश्मा वरपर रहेका धार्मिक तथा  पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न र जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्नको लागि लम्फू चलचित्रको आधा काम पर्वतमा गर्न लागेको बताए । उनले उक्त चलचित्रको ५० प्रतिशत छायाँकन हुने र सोका लागि चलचित्रको टोली १७ गतेभित्र पर्वतमा आउने बताए ।

रेमिट्यान्स पुस्ताको प्रतिनिधी पात्रको रुपमा तयार हुँदै गरेको चलचित्र लम्फू सुखी र सम्पन्न बन्ने लक्ष्य लिएर यात्रामा निस्किएको यस्तै एक पात्रको कथा भएको निर्देशक लामिछानेल साझा सवाललाई बताए ।

चलचित्रमा लम्फूले तय गर्ने बाटोमा स्पिड ब्रेकर धेरै छन् ।यस्ता स्पिड ब्रेकरले उसको यात्रालाई कुन दिशा र गन्तव्य दिन्छन् फिल्मको कथा यसैको सेरोफेरोमा उनिएको छ उनले भने ।

पर्वत र काठमाडौंको पृष्ठभूमिमा बुनिएको फिल्मले गाउँ र सहरका भिन्नता हैन समान चरित्रलाई उजागर गर्छ । ४० दिने सुटिङ अवधि रहेको फिल्म सोमबारबाटै फ्लोरमा जाँदैछ । ‘सोसल ड्रामा’ जन्रामा बन्न लागेको फिल्मबाट कबिर खड्काले डेब्यु गर्दैछन् जो अस्कर कलेजका स्नातक हुन् ।

फिल्म पपुलर मल्टिमिडियाको ब्यानरमा बन्न लागेको हो जसले यसअघि किन लाग्छ माया, बोक्सी (फिचर फिल्म) दि मिरर (लघु चलचित्र) र पुनम इन्टरटेनमेन्ट प्रा.लिसंग व्यष्लत ख्भलतगचभ ओ माइ म्यान ! लघु चलचित्र शीर्षकमा फिल्म निर्माण गरिसकेको छ । राम्रो ब्यानर तथा कथा भएका कारण चलचित्रले दर्शकहरुको माया पाउनेमा उनी निकै बिश्वस्त देखिए 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति