पर्वत । नेपाली चलचित्र लम्फूको पचास प्रतिशत छायाँकन पर्वतमा हुने भएको छ । पर्वत जिल्लाका तीन ठूला र अग्ला पुलहरुको सेरोफेरो, केबुलकार लगायतका क्षेत्रमा सो चलचित्रको छायाँकान हुने  निर्देशक गोपालचन्द्र लामिछानेले शुक्रबार पत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली चलचित्र लम्फूको पचास प्रतिशत छायाँकन पर्वतमा हुने भएको छ । पर्वत जिल्लाका तीन ठूला र अग्ला पुलहरुको सेरोफेरो, केबुलकार लगायतका क्षेत्रमा सो चलचित्रको छायाँकान हुने  निर्देशक गोपालचन्द्र लामिछानेले शुक्रबार पत"/>
२८ पुष २०८२, सोमबार
पर्बत - PBT

तेस्रो साता देखि लम्फूको छायांकन पर्वतमा हुने

४ चैत्र २०७३, शुक्रबार १२:३२

पर्वत । नेपाली चलचित्र लम्फूको पचास प्रतिशत छायाँकन पर्वतमा हुने भएको छ । पर्वत जिल्लाका तीन ठूला र अग्ला पुलहरुको सेरोफेरो, केबुलकार लगायतका क्षेत्रमा सो चलचित्रको छायाँकान हुने  निर्देशक गोपालचन्द्र लामिछानेले शुक्रबार पत्रकार भेटघाट गरी जानकारी दिएका छन् ।

उनले यहि चैत्रको तेस्रो साता देखि कुश्मा वरपर रहेका धार्मिक तथा  पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न र जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्नको लागि लम्फू चलचित्रको आधा काम पर्वतमा गर्न लागेको बताए । उनले उक्त चलचित्रको ५० प्रतिशत छायाँकन हुने र सोका लागि चलचित्रको टोली १७ गतेभित्र पर्वतमा आउने बताए ।

रेमिट्यान्स पुस्ताको प्रतिनिधी पात्रको रुपमा तयार हुँदै गरेको चलचित्र लम्फू सुखी र सम्पन्न बन्ने लक्ष्य लिएर यात्रामा निस्किएको यस्तै एक पात्रको कथा भएको निर्देशक लामिछानेल साझा सवाललाई बताए ।

चलचित्रमा लम्फूले तय गर्ने बाटोमा स्पिड ब्रेकर धेरै छन् ।यस्ता स्पिड ब्रेकरले उसको यात्रालाई कुन दिशा र गन्तव्य दिन्छन् फिल्मको कथा यसैको सेरोफेरोमा उनिएको छ उनले भने ।

पर्वत र काठमाडौंको पृष्ठभूमिमा बुनिएको फिल्मले गाउँ र सहरका भिन्नता हैन समान चरित्रलाई उजागर गर्छ । ४० दिने सुटिङ अवधि रहेको फिल्म सोमबारबाटै फ्लोरमा जाँदैछ । ‘सोसल ड्रामा’ जन्रामा बन्न लागेको फिल्मबाट कबिर खड्काले डेब्यु गर्दैछन् जो अस्कर कलेजका स्नातक हुन् ।

फिल्म पपुलर मल्टिमिडियाको ब्यानरमा बन्न लागेको हो जसले यसअघि किन लाग्छ माया, बोक्सी (फिचर फिल्म) दि मिरर (लघु चलचित्र) र पुनम इन्टरटेनमेन्ट प्रा.लिसंग व्यष्लत ख्भलतगचभ ओ माइ म्यान ! लघु चलचित्र शीर्षकमा फिल्म निर्माण गरिसकेको छ । राम्रो ब्यानर तथा कथा भएका कारण चलचित्रले दर्शकहरुको माया पाउनेमा उनी निकै बिश्वस्त देखिए 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…