२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लामो समयपछि असिनासँगै हिउँ

५ चैत्र २०७३, शनिबार ०४:०५

चैत ५, पाँचथर । धेरै वर्षपछि यहाँ हिउँ परेको छ । 

करिब एक दशकपछि परेको हिउँ र असिनाका कारण स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ । असिनाले आलु, तरकारी तथा मकै बालीमा क्षति पु¥याएको किसान वताउँछन् । 

शुक्रबार साँझ जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, पौवासारताप, रानीटार तथा तल्लो क्षेत्र सराङडाँडा, मौवालगायत स्थानमा असिना र हिउँ परेको याङ्नामका पूर्ण जबेगुले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म हिउँ परेको देखेको थिइन, उहिल्यै बाजेले मात्रै हिउँ पर्ने गरेको कुरा सुनाउँथे तर हिजो आफँैले देखेँ ।” उहाँले थप्नुभयो, “हिउँ मात्रै नभएर हावा हुन्डरीसँगै असिना पानीसमेत परेकाले आफूहरुले लगाएको आलु, मकै बालीसमेतमा क्षति पुगेको छ ।” 

यस्तै लेकतिर मात्रै हिउँ पर्ने भनिए पनि शुक्रबार बेलुका भने बैंसीतिर पनि परेको छ । जिल्लाको दक्षिणी भेगका सराङडाँडा, मौवा, आङनालगायत क्षेत्रमा हिउँ परेको मौवाका बासिन्दा खड्ग थापाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सायद जलवायु परिवर्तनको असर हो कि के हो, पहिलो पटक हिउँ परेको थाहा पाइयो ।” हिउँ परेपछि त्यस क्षेत्रका बासिन्दा पौवाभन्ज्याङमा हिउँ खेल्न जान थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…