२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननले बझाङका पक्की पुल जोखिममा

२०७३, ५ चैत्र शनिबार १०:३०

चैत ५ बझाङ । बझाङ जिल्लाका विभिन्न नदी र खोलाबाट ढुंगा, गिट्टी र बालुवाको अवैध तरिकाले निकासि भईरहेको छ ।

 जिल्लाका मुख्य नदिका रुपमा रहेका सेती, कालंगा र वाहुलिगाडको खोला किनाराबाट अबैध तरिकाले ढुंगा, गिट्टी र बालुवाको निकासि भईरहेको छ । यसरै अबैध तरिकाले संकलन गर्दा बाढीको समस्या बढ्नुका साथै नदीनालाको सतह पनि गहिरिएर जाँदा सिँचाइका आयोजना समेत बन्द हुने अवस्थामा पुगेका छन् । 

नदीमा निर्माण गरिएका दर्जनौं झोलुंगे पुल बग्ने र सतह सिँचाइ आयोजना बन्द हुन खतरा बढेको स्थानीयहरु बताउँछन् । जिल्लाकै उर्वर भूमिका रूपमा लिइएको सदरमुकाम नजिकै को रिठापाटाको देवल जिउलो सिँचाइ कुलोको बाँध ७ वर्ष यता बर्षै पिक्षे सार्नु परेको प्रविन्द धामीले बताए । 

यसरी अबैध तरिकाले विभिन्न नदी र खोलाबाट ढुंगा, गिट्टी र बालुवा निकाल्दा नदीमा निर्माण गरिएका संरचना पनि बाढीको खतरामा रहेका छन् । पुलको संरचना वरिपरिका ढुंगा झिक्दा गएको असारमा झन्डै ३० वर्ष पुरानो बाहुलीगाड खोलाको झोलुंगे पुल बगाएको थियो । नदीमा बनाइएका भौतिक संरचना को क्षेत्र भन्दा ५ सय मिटर तल माथिसम्म निर्माण सामग्री झिक्न नपाइने नियम भए पनि मनपरि ढंगले दोहन भएको हो । 

यसरी मनपरि तवरले उत्खनन गर्दा पनि रोकथामका लागी अहिले सम्म कसैले पहल गरेको छैन । नदीजन्य पदार्थको उपयोग सम्बन्धी कुनै पनि व्यवस्था लागू नभएको जिल्ला समन्वय समितिका निमित्त स्थानीय विकास अधिकारी जगत प्रसाद जोशीले बताए । मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति