२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननले बझाङका पक्की पुल जोखिममा

५ चैत्र २०७३, शनिबार १०:३०

चैत ५ बझाङ । बझाङ जिल्लाका विभिन्न नदी र खोलाबाट ढुंगा, गिट्टी र बालुवाको अवैध तरिकाले निकासि भईरहेको छ ।

 जिल्लाका मुख्य नदिका रुपमा रहेका सेती, कालंगा र वाहुलिगाडको खोला किनाराबाट अबैध तरिकाले ढुंगा, गिट्टी र बालुवाको निकासि भईरहेको छ । यसरै अबैध तरिकाले संकलन गर्दा बाढीको समस्या बढ्नुका साथै नदीनालाको सतह पनि गहिरिएर जाँदा सिँचाइका आयोजना समेत बन्द हुने अवस्थामा पुगेका छन् । 

नदीमा निर्माण गरिएका दर्जनौं झोलुंगे पुल बग्ने र सतह सिँचाइ आयोजना बन्द हुन खतरा बढेको स्थानीयहरु बताउँछन् । जिल्लाकै उर्वर भूमिका रूपमा लिइएको सदरमुकाम नजिकै को रिठापाटाको देवल जिउलो सिँचाइ कुलोको बाँध ७ वर्ष यता बर्षै पिक्षे सार्नु परेको प्रविन्द धामीले बताए । 

यसरी अबैध तरिकाले विभिन्न नदी र खोलाबाट ढुंगा, गिट्टी र बालुवा निकाल्दा नदीमा निर्माण गरिएका संरचना पनि बाढीको खतरामा रहेका छन् । पुलको संरचना वरिपरिका ढुंगा झिक्दा गएको असारमा झन्डै ३० वर्ष पुरानो बाहुलीगाड खोलाको झोलुंगे पुल बगाएको थियो । नदीमा बनाइएका भौतिक संरचना को क्षेत्र भन्दा ५ सय मिटर तल माथिसम्म निर्माण सामग्री झिक्न नपाइने नियम भए पनि मनपरि ढंगले दोहन भएको हो । 

यसरी मनपरि तवरले उत्खनन गर्दा पनि रोकथामका लागी अहिले सम्म कसैले पहल गरेको छैन । नदीजन्य पदार्थको उपयोग सम्बन्धी कुनै पनि व्यवस्था लागू नभएको जिल्ला समन्वय समितिका निमित्त स्थानीय विकास अधिकारी जगत प्रसाद जोशीले बताए । मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…