२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा कुपोषण न्युनिकरणका लागि बहुक्षेत्रीय योजना लागु हुने

५ चैत्र २०७३, शनिबार १२:४७

दान बहादुर बुढा/चैत ५, मुगु । महिला तथा बालबालिकाहरुमा व्याप्त देखिएको पोषणको अभावलाई निस्तेज गरि कुपोषणको अवस्थालाई सुधार गर्न जिल्लामा बहु क्षेत्रीय योजना लागु हुने भएको छ ।

 जिल्लामा रहेका गर्भवती महिला , जन्मे देखि पाँच वर्षसम्मका बालबालिका तथा सुत्केरी आमाको स्वास्थ्य अवस्थामा सुधार ल्याई दिगो विकास लक्ष्यलाई पुरा गर्न संयुक्त राष्ट्रसंघ अन्तराष्ट्रिय बाल विकास कोष (युनिसेफ )को सहयोगमा नेपाल सरकार स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले यो कार्यक्रम देशका विभिन्न २८ वटा जिल्लाहरुमा सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका जन स्वास्थ्य अधिकृत योगेन्द्र न्यौपानेले जानकारी दिए ।

 विहिबार सदरमुकाम गमगढीमा आयोजना गरिएको सरोकारवाला निकायसंगको अभिमुखिकरणमा यसको जानकारी गराईएको हो । आर्थिक विपन्नता , अशिक्षा,  पौष्टिक तत्वको असन्तुलनले पुड्कोपना , ख्याउटेपन र उमेर अनुसार कम शारिरिक तौलका कारण कुपोषण हुने र यसले समग्र देशको विकासमा अबरोध हुने भएकाले सरकारले पाँच वर्ष भित्र योजना कार्यन्वयन गर्ने गरि देशका विभिन्न २८ जिल्लामा यो योजना सञ्चालन गर्न लागेको हो । 

२८ वटा जिल्ला मध्य कर्णालीका मुगु, हुम्ला र डोल्पा गरि तिन जिल्लामा योजना सञ्चालन हुने भएको छ । नेपालमा ६ महिना देखि २३ महिनासम्मका ७० प्रतिशत बालबालिकाहरुमा रक्त अल्पता देखिएको बाल स्वास्थ्य महाशाखाको तथ्याकंले देखाएको छ । तथ्याकं अनुसार नेपालमा रक्त अल्पता भएका किशोरीको संख्या ३८.५ प्रतिशत, १५ वर्ष देखि ४५ वर्षसम्मका महिला ३५ प्रतिशत र ४८ प्रतिशत गर्भवतीमा रक्त अल्पता बढि रहेको छ । त्यस्तै नेपालमा कुपोषित भएका बालबालिकाको संख्या ४१ प्रतिशत रहेको महाशाखाको तथ्याकंमा उल्लेख छ ।

एकै प्रकारको बानी व्यवहार नभई खानेपानी, दैनिक खानपान, बातावरणिय सरसफाई, स्थानीय खाद्य वस्तुको उपभोग, स्थानीय उत्पादनमा वृद्धि गरि पोषण युक्त खानामा सन्तुलन मिलाउदा पोषणको अवस्थामा सुधार ल्याउन तथा पोषण सम्बनिध कार्यक्रमलाई एकिकृत रुपमा सञ्चालन गर्न सरकारले  बहुक्षेत्रीय योजना सञ्चालन गर्ने रणनिती ल्याएको राष्ट्रिय योजना आयोग सचिवालयका योजना अधिकृत चुडामणि अर्यालले जानकारी दिए ।

जिल्लामा विगतमा कुपोषणको अवस्था १९ प्रतिशत रहेकोमा साउन यता त्यो संख्या घटेर ११ प्रतिशत पुगेको र बहु क्षेत्रीय योजनाले जिल्लाको पोषणको अवस्थालाई अझै सुधार गर्ने जिल्ला स्वास्थ्य कार्यालय मुगुका पोषण कार्यक्रम फोकल पर्शन पशुराम नेपालीले बताए । 

योजनाको चालु आर्थिक वर्षको बजेट ९१ लाख रहेको छ भने जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका र वडा पालिकाले पोषण सम्बन्धि कार्यक्रमलाई आपसी समन्वयमा एकिकृत गरि सञ्चालन गर्ने समेत जानकारी गराईएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…