२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा कुपोषण न्युनिकरणका लागि बहुक्षेत्रीय योजना लागु हुने

२०७३, ५ चैत्र शनिबार १२:४७

दान बहादुर बुढा/चैत ५, मुगु । महिला तथा बालबालिकाहरुमा व्याप्त देखिएको पोषणको अभावलाई निस्तेज गरि कुपोषणको अवस्थालाई सुधार गर्न जिल्लामा बहु क्षेत्रीय योजना लागु हुने भएको छ ।

 जिल्लामा रहेका गर्भवती महिला , जन्मे देखि पाँच वर्षसम्मका बालबालिका तथा सुत्केरी आमाको स्वास्थ्य अवस्थामा सुधार ल्याई दिगो विकास लक्ष्यलाई पुरा गर्न संयुक्त राष्ट्रसंघ अन्तराष्ट्रिय बाल विकास कोष (युनिसेफ )को सहयोगमा नेपाल सरकार स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले यो कार्यक्रम देशका विभिन्न २८ वटा जिल्लाहरुमा सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका जन स्वास्थ्य अधिकृत योगेन्द्र न्यौपानेले जानकारी दिए ।

 विहिबार सदरमुकाम गमगढीमा आयोजना गरिएको सरोकारवाला निकायसंगको अभिमुखिकरणमा यसको जानकारी गराईएको हो । आर्थिक विपन्नता , अशिक्षा,  पौष्टिक तत्वको असन्तुलनले पुड्कोपना , ख्याउटेपन र उमेर अनुसार कम शारिरिक तौलका कारण कुपोषण हुने र यसले समग्र देशको विकासमा अबरोध हुने भएकाले सरकारले पाँच वर्ष भित्र योजना कार्यन्वयन गर्ने गरि देशका विभिन्न २८ जिल्लामा यो योजना सञ्चालन गर्न लागेको हो । 

२८ वटा जिल्ला मध्य कर्णालीका मुगु, हुम्ला र डोल्पा गरि तिन जिल्लामा योजना सञ्चालन हुने भएको छ । नेपालमा ६ महिना देखि २३ महिनासम्मका ७० प्रतिशत बालबालिकाहरुमा रक्त अल्पता देखिएको बाल स्वास्थ्य महाशाखाको तथ्याकंले देखाएको छ । तथ्याकं अनुसार नेपालमा रक्त अल्पता भएका किशोरीको संख्या ३८.५ प्रतिशत, १५ वर्ष देखि ४५ वर्षसम्मका महिला ३५ प्रतिशत र ४८ प्रतिशत गर्भवतीमा रक्त अल्पता बढि रहेको छ । त्यस्तै नेपालमा कुपोषित भएका बालबालिकाको संख्या ४१ प्रतिशत रहेको महाशाखाको तथ्याकंमा उल्लेख छ ।

एकै प्रकारको बानी व्यवहार नभई खानेपानी, दैनिक खानपान, बातावरणिय सरसफाई, स्थानीय खाद्य वस्तुको उपभोग, स्थानीय उत्पादनमा वृद्धि गरि पोषण युक्त खानामा सन्तुलन मिलाउदा पोषणको अवस्थामा सुधार ल्याउन तथा पोषण सम्बनिध कार्यक्रमलाई एकिकृत रुपमा सञ्चालन गर्न सरकारले  बहुक्षेत्रीय योजना सञ्चालन गर्ने रणनिती ल्याएको राष्ट्रिय योजना आयोग सचिवालयका योजना अधिकृत चुडामणि अर्यालले जानकारी दिए ।

जिल्लामा विगतमा कुपोषणको अवस्था १९ प्रतिशत रहेकोमा साउन यता त्यो संख्या घटेर ११ प्रतिशत पुगेको र बहु क्षेत्रीय योजनाले जिल्लाको पोषणको अवस्थालाई अझै सुधार गर्ने जिल्ला स्वास्थ्य कार्यालय मुगुका पोषण कार्यक्रम फोकल पर्शन पशुराम नेपालीले बताए । 

योजनाको चालु आर्थिक वर्षको बजेट ९१ लाख रहेको छ भने जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका र वडा पालिकाले पोषण सम्बन्धि कार्यक्रमलाई आपसी समन्वयमा एकिकृत गरि सञ्चालन गर्ने समेत जानकारी गराईएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति