२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

हृदय रोग निवारण प्रतिस्ठान अर्घाखाँचीको दोस्रो अधिवेशन सम्पन्न

२०७३, ५ चैत्र शनिबार १६:०५

चैत ५, अर्घाखाँची । नेपाल हृदय रोग निवारण प्रतिस्ठान अर्घाखाँची शाखाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।

अधिवेशनले सुर्य थापाको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षहरूमा कृष्ण प्रसाद खनाल, मेनुका पौडेल, राजेन्द्र श्रेष्ठ, सचिबमा कृष्णप्रसाद भुसाल, सहसचिव ईन्दिरा श्रेष्ठ, कोषाध्यक्ष रामप्रसाद पन्थी ,सहकोषाध्यक्ष बसन्ता पौडेल,र सदस्यहरूमा क्रमशः यमराज पाण्डे ,टोपलाल खनाल, तिलक मिश्र, बलराम बन्जाडे, बिष्णुहरि भुसाल, गुरु प्रसाद भुसाल लाई निर्वा्चित गरेको छ भने एक स्थान रिक्त राखेको छ । त्यस्तै अधिवेशनले श्याम घिमिरे, धर्म राज बन्जाडे, नारायण प्रसाद पौडेल र लक्ष्मी चुदालिलाई सल्लाहकारमा चयन गरेको छ ।

यश अघि अधिवेशनको उद्घाटन गर्दै उद्योग बाणिज्य संघ का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले मानव अंगको अति संबेदनसिल अंग मुटु भएकाले यसको उचित  संरक्षण र हेरचाह गरिएमा मानिसले दृघ जिबन जिउन सक्ने भन्दै सबै ब्यक्तिहरूले सामजमा चेतना मुलक सन्देश जगाउनु पर्नेमा जोड दिनु भएको थियो । साथै उहाँले यसको प्रचार प्रसार को लागि राज्य ले उचिच कदम चालि स्वस्थ्य समाजको निर्माणको लागि पहल गर्नुको बिकल्प नभएको समेत बताउनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि लेकालि,जिल्ला स्वास्थ्य कार्यलय का राम प्रसाद गौतम ,जनज्योति माबि ब्यवस्थापन समिति का अध्यक्ष धर्म राज  बन्जाडे,जिल्ला  खेलकुदक बिकास समिति का अध्यक्ष सिद्धि प्रसाद भुसाल, अर्घाखाँची अस्पतालका अध्यक्ष नारायण पौडेल लगाएतले शुभकामना मनतब्य राख्दै आहार बिहार र बिचार मा ध्यान दिएमा स्वस्थ्य जीवन बिताउन सकिने कुरामा सबै ले ध्यान दिनुपर्ने कुरामा जोड दिनु भएको थियो ।कार्यक्रम संस्था का अध्यक्ष हुम प्रसाद भुसालको अध्यक्षता मेनुका पौडेलको स्वागत मनतब्य र सुर्य थापाको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति