महेन्द्र केसी पर्वत । व्यक्तित्व र नेतृत्व विकास भएमा समाजलाई पनि परिर्वतन गर्न सकिन्छ भन्दै सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले युवापुस्ताहरुलाई लक्षित गरी तालिम संचालन गरेको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । व्यक्तित्व र नेतृत्व विकास भएमा समाजलाई पनि परिर्वतन गर्न सकिन्छ भन्दै सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले युवापुस्ताहरुलाई लक्षित गरी तालिम संचालन गरेको छ । <"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

व्यक्तित्व र नेतृत्व विकासका लागि तालिम (फोटोफिचर)

२०७३, ६ चैत्र आईतवार ०४:३५

महेन्द्र केसी पर्वत । व्यक्तित्व र नेतृत्व विकास भएमा समाजलाई पनि परिर्वतन गर्न सकिन्छ भन्दै सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको रोट्याक्ट क्लब अफ पर्वतले युवापुस्ताहरुलाई लक्षित गरी तालिम संचालन गरेको छ । 

युवाहरुको व्यक्तित्व विकास गर्दै समाजमा नेतृत्व गर्न सक्ने क्षमतावान बनाउने उदेश्यका साथ सो तालिमको आयोजना गरिएको क्लबका अध्यक्ष आरसी पौडेलले बताए । 


उनले सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको क्लबले सप्ताहव्यापी कार्यक्रम अन्तरगत युवापुस्ताहरुको व्यक्तित्व विकास गर्दै समाजमा नेतृत्व गर्न सक्ने क्षमताको अभिवृद्धि गराउनको लागि तालिमको आयोजना गरिएको बताए ।

१८ देखि ३० बर्षभन्दा मुनिका युवाहरु मिलेर संगठित क्लब भएको र सोही अनुसार युवापुस्तामा लिडरशिपको विकास गराउनको लागि तालिमको आयोजना गरिएको उनले जनाए । आजको सहारान्यूजमा खबर छ ।


सप्ताहव्यापी कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम तथा गतिविधि संचालन भैसकेको सप्ताहव्यापी कार्यक्रम मूल संयोजक एवं आगामी क्लबका अध्यक्ष मिलन पौडेलले जानकारी दिए । 

उनले सप्ताहव्यापी कार्यक्रम अन्तरगत उद्घाटनपछि चैत्र १ गते पर्यटन प्रवद्वनका लागि लालेश्वर गुफा चुवामा सरसफाई रङ्गरोगन तथा मुर्ती स्थापना , तेस्रो दिन अपाङ्गता भएका ब्यतिmहरुलाई ह्विल चियर वितरण तथा स्टेसनरी सामाग्री वितरण , त्यस्तै  चौथो दिन युवा हरुका लागि खेलकुद भन्ने नारका साथ रोट्¥याक्ट तथा संगित तथा ईलोक्ट्रोनिक्स ब्यवसायी संघ सँग मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको जनाए । 


त्यस्तै पाँचौ दिन सुर्य प्रकाश मावि र दुर्लुङकोटका लागि एक सय थान कुर्ची, तथा २ थान टेवल हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको र छैठौ दिनमा युवापुस्तालाई लक्षित व्यक्तित्व र नेतृत्व विकास तालिमको आयोजना गरिएको बताए ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत अन्तिम दिन अर्थात आइतबार विहान ट्राफिक सचेतना तथा सरसफाइका लागि सन्देशमुलक बोर्ड स्थापना गरिने र बेलुका साँझमा कार्यक्रम समापन हुने जनाए ।


क्लबका अध्यक्ष आरसी पौडेलको अध्यक्षतामा भएको सो तालिमको संयोजकका रुपमा प्रकाश पौडेल रहेका थिए । उनले रोट्याकको अभियाननै युवाहरुको नेतृत्व विकास गरी समाजमा अग्रसर गराउने रहेकोले सोही अनुसार तालिमको आयोजना गरिएको बताए ।


तालिमको सहजिकरण लोकतान्त्रिक गैससका अध्यक्ष गणेशबहादुर क्षेत्री, प्रेस चौतारीका निर्वतमान अध्यक्ष एवं रोटरी क्लब अध्यक्ष गणेश पौडेल, क्लबका पूर्व अध्यक्ष विनोद आचार्य, केदरनाथ आचार्यले गरेका थिए ।  आरसी पौडेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक प्रकाश पौडेल र संचालन सचिव गणेश पौडेल ले गरेका थिए ।कार्यक्रममा  २६ जना सहभागीता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति