Image result for yantrik poolचैत्र ६ पर्वत । कुश्मा बलेवा यान्त्रिक पुलमा स्थानीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image result for yantrik poolचैत्र ६ पर्वत । कुश्मा बलेवा यान्त्रिक पुलमा स्थानीय"/>
२९ पुष २०८२, मंगलवार
पर्बत - PBT

बोनसको चक्करमा भाडा बृद्धि गरेपछि कुश्मा बलेवा यान्त्रिक पुलमा तालाबन्दी

६ चैत्र २०७३, आईतवार ०७:२४

Image result for yantrik poolचैत्र ६ पर्वत । कुश्मा बलेवा यान्त्रिक पुलमा स्थानीयबासीले तालाबन्दी गरेका छन् । सरकारको कर छुटको सहुलियत पाएको कुश्मा बलेवा यान्त्रिक पुलले एकाएक भाडा दर बढाएको भन्दै बलेवाबासीले यान्त्रिक पुलको कार्यालयमा तालाबन्दी गरेका हुन् । 

एक सातादेखि यान्त्रिक पुलमा आवतजावत ठप्प बनेको छ । मनोमानि तरिकाले भाडादर बृद्धि गरी पुलका शेयर सदस्यहरु कमिशन खाने चक्कर लागि जनतालाई सास्ती दिन खोजेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

यान्त्रिक पुलले चैत्र १ गते देखि लागू हुने गरी ३३ प्रतिशत नघटने गरी भाडा बृद्धि गरेको थियो । आधा किलोमिटरको यात्रा ४ मिनेटमा पार गर्न १ सय २५ रुपैंयासम्मको भाडा निर्धारण गरेको कम्पनीको विरुद्धमा वलेवा क्षेत्रका महिला समूहको अग्रसरतामा तालाबन्दी गरिएको हो ।

स्थानीयका लागि साविकका रु ७५ रहेको रु १०० र अन्यत्रका लागि रु १ सय रहेकामा रु १ सय २५ लिने गरी भाडावृद्धि गरेको थियो । यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि रु दुई हजार भाडा रहेकामा अहिले बढाएर रु दुई हजार ५०० पु¥याइएको छ । भने रु एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले रु २ हजार पु¥याइएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…