ट्राफिक सचेतना जगाउँदै सकियो रोट्याक्ट सप्ताह

Posted on: 20 Mar, 2017

पर्वत । विश्वकै सवैभन्दा ठूलो र पुरानो संजालका रुपमा रहेको रोटरी इनटरनेश्नल र सोही संस्थासँग आवद्ध रोट्याक्ट क्लब हो । विश्वका २ सय देशका ३४ हजार क्लबहरुमा १८ लाख एवं नेपालमा ३५ हजार स्वयमसेवक रहेको क्लबले स्वार्थभन्दा माथि सेवा भन्ने अभियानका साथ काम गर्दे आइरहेको छ । 

नेपालमा मात्रै झण्डै ११० वटा रोट्याक्ट क्लबहरु रोटरी क्लबमा आवद्ध रहेका छन् जसमा झण्डै ३५ हजार युवाहरु आबद्ध छन् । सन् २०११ मा स्वार्थभन्दा माथि सेवा र युवाहरुको नेतृत्वको लागि गठन भएको रोट्याक्ट क्लब अफ पर्वतले स्थापना दिवसको अबसर पारेर हरेक बर्ष रोट्याक्ट सप्ताहको आयोजना  गर्ने गरेको छ ।

१८ बर्ष उमेर समुह भन्दा माथि र ३० बर्ष मुनिका युवा पुस्ताहरुलाई एकिकृत गरि समाजमा समाजिक, आर्थिक,शैक्षिक एवं मानविय क्षेत्रमा समेत काम गर्दे आइरहेको रोट्याक्ट क्लब अफ पर्वतले स्थापना दिवसको अबसरपारि संचालन गरेको सप्ताहव्यापी कार्यक्रम आइतबार सम्पन्न भएका छन् ।

उद्यमीलाई सम्मान र प्रोत्साहन गर्दे शुरु भएको रोट्याक्ट सप्ताह आइतबार ट्राफिक सचेतना तथा सरसफाई बोर्ड कुश्मा बजार परिसरमा  स्थापना गरि सकिएको हो । ट्राफिक नियमको पालना नगर्दा त्यसले पार्ने भौतिक तथा मानविय क्षतिको न्यूनिकरण गर्नको लागि एवं सचेतना जगेर्नाको लागि रोट्याक्ट सप्ताह अन्तरगत अन्तिम दिनमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले युवाहरुको जोश र जाँगरको खुलेरै प्रशंसा गरे । उनले १८ देखि ३० बर्ष भित्रको उमेर समुह कुलतमा फस्न सक्ने सम्भावना भएको उमेर भएको र यौवन अबस्थामा ज्ञान र अज्ञानका कारण अनेक कुलतमा फस्ने सम्भावना भएता पनि रोट्याक्ट क्लबले युवाहरुलाई एकिकृत गरी सामाजिक क्षेत्रमा लागाउन सफल भएको बताए । 

उनले समाजको विकास र प्रगतीमा युवाहरुको भुमिका रहने बताउँदै युवाहरुको जोश र जाँगरले समाजलाई परिर्वतन र विकास गर्नको लागि ठूलो मदत पुग्ने बताए ।  खनालले युवाहरु समाजका मार्गदर्शक र विना बर्दिका प्रहरी भएका कारण समाजमा शुसासन, शान्ति कायम गर्नको लागि भूमिका समेत रहेको औलाए । उनले समाजमा रहेका यस्तै समाजिक क्षेत्रमा काम गर्ने सोच भएका युवाहरुलाई परिचालन गर्न सकेमा समाजको विकास र उन्नती हुने विश्वास व्यक्त गरे ।

जिल्ला ट्राफिक कार्यलयका ट्राफिक प्रमुख महेन्द्र रानाभाटले क्लबले विगतका बर्षमा पनि ट्राफिक सचेतनाको लागि सहयोग गर्दै आएको र यस बर्ष पनि निरन्तरता दिएको भन्दै खुसि व्यक्त गरे । उनले ट्राफिक सचेतनाको अभावका कारण धेरै दुर्घटना हुन सक्ने सम्भवना हुने भन्दै सो व्यवस्थापन र निराकरणको लागि क्लबले खेलेको भूमिका प्रशंसा योग्य रहेको बताए । उनले ट्राफिक सचेतनाका लागि  क्लबले गरेको सहयोग र योगदान अमुल्य रहेको बताए ।

कार्यक्रममा रोटरी क्लब अफ पर्वतका आगामी अध्यक्ष देवी प्रसाद पौडेल, जेसिज पर्वतका अध्यक्ष प्रेम गुरुङ लगायतले बोलेका थिए । क्लबले ३५ स्थानमा ट्राफिक सचेतना तथा सरसफाइका वार्डहरु राखेको छ ।

क्लबले सप्ताव्यापी कार्यक्रम अन्तरगत पहिलो दिनमा दुइ लघुउद्यमीलाई प्रोत्साहन गर्नको लागि सम्मान सहित आवश्यक औजार हस्तान्तरण गरेको थियो । भने दोस्रो दिनमा पर्यटन प्रर्वद्धनको लागि भर्खर मात्रै पत्ता लागेको ऐतिहासिक लालेश्वोर गुफा परिसर चुवामा मुक्ति स्थापना, रङ्गोन तथा बृहत सरसफाइ गरेको थियो । 

त्यस्तै तेस्रो दिनमा मानविय सहायता तथा शैक्षिक सामाग्र वितरण कार्यक्रमको आयोजना गरेको थियो । ठूलीपोखरी रोहोटेमा रहेको बशन्त प्राविमा उक्त कार्यक्रमको आयोजना तथा सहयोग भएको थियो त्यस्तै  कार्यक्रमको चौथो दिनमा जिल्लामा रहेका संघसंस्थाहरुसँग सहकार्य र समामित्यता कायम गर्नको लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिताको सम्पन्न गरेको थियो । 

सोही दिनमा क्लबले टिस होम समेट वितरण गरेको थियो । ट्राफिक कार्यालय पर्वत र अपाङ्गता भएका व्यक्तिहरुको लागि लक्षित गरी डिस होम समेत वितरणको आयोजना गरेको हो । 

स्वास्थ्यका लागि खेल, एकताका लागि खेल भन्दै आयोजना गरेको मैत्रीपूर्ण खेलमा क्लबले ४–३ गोलले विजय हासिल गरेको थियो । क्लबले खेलको माध्यमबाट युवाहरुमा अनुसाशन, व्यक्तित्व विकास, एकता र लगनशीलताको परिणाम र मित्रता भाव प्रकट गराउने उदेश्य राखेको जनाएको थियो । जून खेल शसस्त्र प्रहरी चण्डिका गणमा भएको खेलमा पर्वत संगित तथा इलेक्ट्रोनिक्स व्यवसायी विच मैत्रीपूर्ण प्रतियोगिता भएको थियो ।

त्यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तरगत पाँचौ दिनमा सुर्यप्रकाश मावि दुर्लुङमा विद्यालयको लागि आवश्यक समाग्रही हस्तान्तरण गरिएको थियो । क्लबका अध्यक्ष समेत रहेका आरसी पौडेलले व्यक्तिगत रुपमा उक्त विद्यालय र दुर्लुङकोटलाई ८१ हजार बराबरको सहयोग हस्तान्तरण गरेका थिए । आफूले कक्षा १ देखि १० सम्म अध्ययन गरेको विद्यालय भएको हिसाबले पनि व्यक्तिगत रुपमा उक्त विद्यालयमा सहयोग गर्ने इच्छा जागृत भएको उनले बताए । विद्यालयको लागि ५० थान प्लाष्टिक कुर्सी, १ थान प्रिन्टर, टेवल र झोला र दुर्लुङकोटका लागि ५० थान प्लाष्टिक कुर्सी र १ थान टेबल हस्तान्तरण गरेका थिए 

युवाहरुको व्यक्तित्व र नेतृत्व विकासबाटनै समाजको विकास सम्भव छ भन्ने भावनाका साथ युवाहरुलाई लक्षित गरी व्यक्तित्व र नेतृत्व विकासको लागि तालिमको समेत आयोजना गरी युवाहरुको व्यक्तित्व र नेतृत्व विकासको लागि तालिम सम्पन्न गरेको थियो । तालिममा झण्डै ३० जना युवाहरुलाई सहभागि गराउन सकेको आयोजकले जनाएको छ ।

झण्डै तीन लाख खर्च हुने अनुमान गरिएको कार्यक्रमका सात दिनका कार्यक्रमको लागि फरक फरक संयोजक समेत चयन गरिएको थियो । उद्घाटन शत्रको कार्यक्रम तथा उद्युउद्यमीलाई सहयोग हस्तान्तरण कार्यक्रमको लागि गणेश पौडेल, लालेश्वर गुफामा मुत्र्ति स्थापना तथा गुफा सरसफाइ कार्यक्रमको लागि मिना खड्का, ठूलीपोखरी ८ रोहोटेमा रहेको बशन्त प्राविमा ह्वीलचियर वितरण तथा शैक्षिक सामाग्री वितरणको लागि अर्जुन बहादुर केसी संयोजका रुपमा रहेका थिए । 

त्यस्तै रोट्याक्ट र पर्वत संगित तथा इलेक्ट्रिोनिक्स व्यवसायीविचको मैत्रीपूर्ण खेलका लागि गोपाल रिजाल(गोविन्द), दुर्लुङमा रहेको सुर्यप्रकाश मावि र दुर्लुङकोटका लागि आवश्यक कुर्सी, टेवल र प्रिन्टर वितरण कार्यक्रमको संयोजकका रुपमा कामना रेग्मी, व्यक्तित्व र नेतृत्व विकासका लागि आयोजना गरिएको तालिमको लागि प्रकाश पौडेल र ट्राफिक सचेतना कार्यक्रम तथा सरसफाइ बोर्ड स्थापनाको लागि विशन क्षेत्रीलाई संयोजकको रुपमा जिम्मा दिएको थियो । कार्यक्रमको मुल संयोजका रुपमा आगामी क्लबका अध्यक्ष मिलन पौडेल रहेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!