२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

एउटै मन्त्रालय अन्र्तगतको मालपोत आयो, नापी आएन्

२०७३, ७ चैत्र सोमबार ०५:४८

अमृत बास्तोला/चैत ७, तेह्रथुम । स्थानीय तह पुनसंरचना कार्यान्वयन गर्ने अख्तियारी पाए लगतै तेह्रथुमको आठराई गाउँपालिकाको कार्यालय संक्रान्तिबजारमा स्थापना भयो । संक्रान्तिबजार मै नापी कार्यालय स्थापना गर्ने अख्तियारी पाएको पाँच महिना विति सक्दा पनि अझै नापी कार्यालय स्थापना भएको छैन् । 

भूमिसुधार तथा व्यावस्था मन्त्रालय अन्र्तगतको नापी कार्यालय सँगै अख्तियारी पाएको मालपोल कार्यालयले गत पुस २० गतेदेखि कार्यालय स्थापना गरी सेवा ग्राहीलाई सेवा दिन थालेको छ । दुवै कार्यालयले गत कात्र्तिक महिनामा आठराई गाउँपालिकाको केन्द्र साविक संक्रान्तिबजार वडा नं. ६ मा कार्यालय स्थापना गर्ने अख्तियारी पाएका थिए । 

मालपोत कार्यालय स्थापना हुदाँ निकै हर्षित बनेका आठराई बासी लामो समय सम्म नापी कार्यालय स्थापना नहुदाँ समस्यामा परेका छन् । मालपोत र नापी कार्यालयमा सँगसँगै काम गराउनु प¥र्ने सेवा ग्राहीले, मालपोल सँग आठराईमा सेवा लिएर ६८ किलोमिटर कच्चि बाटोको यात्रा गरेर सदरमुकाम म्याङलुङमा रहेको नापी कार्यालयमा सेवा लिन आठराई बासी बाध्य भएका छन् । 

नापी कार्यालय आठराईका लागि खटिएका कार्यालय प्रमुख मिथलेस यादवका अनुसार संक्रान्तिबजारमा कार्यालय स्थापना हुने तर कहिले भन्ने बारेमा आफु नै अन्योल भएको बताएका छन् । सदरमुकाम म्याङलुङमा रहेको नापी कार्यालयमा आठराई क्षेत्रको लागी अहिले आवश्यक कागज, पत्र र फायलहरु मिलाउने काम भइरहेको छ, आठराईमा कार्यालय स्थापना हुन प्राविधिक समस्याले अझै समय लाग्ने सक्ने यादवको भनाइ रहेको छ । 

संक्रान्तिबजारमा कार्यालय स्थापना गर्न माघ महिना मै नापी कार्यालयले घरभाडा सम्झौता गरेको थियो । सक्रान्तिबजारमा नापी कार्यालय स्थापना भए पछि आठराई गाउँपालिकाको ७ ओटा वडा साविक सक्रान्तिबजार, खाम्लालुङ, ह्वाकू, ईवा, छातेढुङ्गा, चुहानडाँडा र थोक्लुङ र फेदाव गाउँपालिकाको २ ओटा वडा साविक सम्दु र ईसिवु गाविसका सेवा ग्राहीले सेवा लिन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित