२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा निःशुल्क सुरक्षा गार्ड तालिम संचालन

२०७३, ७ चैत्र सोमबार ०६:११

विमल धामी/चैत ७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा आईतवार देखि निःशुल्क युवा सिप विकास तथा सुरक्षा गार्ड तालिम १ महिनाका लागि संचालन गरिएको छ । 

ब्यवसाय तथा सिप विकास तालिम केन्द्र र सामाजिक कल्याण सहायता संघ धनगडीको सहयोमा बेल्डाँडीमा पहिलो पटक यस्तो तालिम संचालन गरिएको सिप विकास केन्द्रले जनाएको छ ।

बेल्डाँडी बाट बैदेशीक रोजगारका लागि थुप्रै युवाहरुले काठमाडौँमा गएर ४०,५० हजार रुपैया सुरक्षा गार्डको तालिममा खर्च गर्ने हुनाले गाउँमै निःशुल्क तालिम दिने ब्यवस्था मिलाएको बेल्डाँडीका नेता हर्क देव जोशीले जानकारी गराउनु भयो । 

उनले भने- 'तालिम प्राप्त भु.पू सैनिक हवलदार भैरव सिह बिष्ट र भु.पू प्रहरी इन्सपेक्टर नारायण ठगुन्ना बाट तालिम दिनलागेको बताए । अर्का काग्रेस नेता जनक धामीले भने बैदेशीक रोजगारका लागि मात्र यो तालिम नभएर सोदेशमा पनि रोजगारका लागि यो तालिम काम लाग्ने बताए । यो तालिम गरेको प्रमाण पत्र भए विभिन्न ठाउँमा काम लाग्ने हुनाले तालिम लाई मर्यादित तरिकाले ग्रहण गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भयो ।

सहभागिहरुले भने यो तालिमले भन्दा पनि हामीलाई प्रमाणको अति आवस्यत्ता रहेको बताए । सहभागि लोकेन्द्र धामीले भने आफुले सुरक्षा गार्ड तालिम यो भन्दा पहिले लिईसकेको तर प्रमाण पत्रका लागि फेरि तालिम लिन लागेको बताए । 

प्रमाण पत्र भयो भने जुनसुकै ठाउँमा पनि काम लाग्ने हुनाले सबैले तालिम लिनु पर्ने उनको जोड रहेको छ । यसरी निःशुल्क गाउँमै पनि यस्तो ब्यवस्था गरेको देख्दा विदेश तथा सोदेशमा बसेका युवाहरुमा थप उर्जा पलाएको छ । गाउँमा तालिम सुरु भएको हुदा तालिम हेर्नेहरुको भिड लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति