२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा लाईसेन्स लिएका हतियार बुझाउन प्रशासनको अनुरोध

७ चैत्र २०७३, सोमबार १०:१५

दिनेश ठकुल्ला/चैत ७, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर शान्ति, सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।

निर्वाचनको सुरक्षाका लागि भन्दै प्रशासनले अनुमति लिएर राखिएका हतियारहरु बुझाउन नागरिकमा अनुरोध गरेको छ । सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कानून बमोजिम अनुमति प्राप्त बन्दक, पेस्तोलजस्ता हतियार बुझाउन आग्रह गरेको हो ।

अनुमति प्रँप्त हतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । निर्वाचन लक्षित विशेष सुरक्षा योजना अन्तरगत हतियार बुझाउन सुचना जारी गरिएको उहाले बताउनुभयो ।

सुरक्षामा खटिएका सुरक्षाकर्मीबाहे अन्य कुनै पनि व्यक्तिले हातहतियार बोक्न निषेध गरिएको छ । जिल्ला प्रशासनद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी, कानून बमोजिम लिन पाउने हतियार बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विस्फोटक पदार्थ वा रासायनिक वा लाठी भाला, खुकुरी बन्दुक, पेस्तोलजस्ता हतियार लिएर हिंड्न, प्रदर्शन गर्न पूर्णतया निषेध गरिएको छ ।’

निर्वाचन अवधिभरका लागि मदिराको बिक्री वितरणसमेत रोक लगाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । अवैध घरेलु मदिराको कारोबार र अनुमति नलिएर मदिराको बिक्री कार्यलाई नियन्त्रणमा लिइने उहाले बताउनुभयो ।

हतियार नबुझाउने तथा अवैध रुपमा मदिराको बिक्री वितरण गर्नेलाई कारबाही गरिने प्रशासनले जनाएको छ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा शान्ति सुव्यवस्था कायम गरि निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…