2026-09-19 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा लाईसेन्स लिएका हतियार बुझाउन प्रशासनको अनुरोध

दिनेश ठकुल्ला/चैत ७, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर शान्ति, सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।

निर्वाचनको सुरक्षाका लागि भन्दै प्रशासनले अनुमति लिएर राखिएका हतियारहरु बुझाउन नागरिकमा अनुरोध गरेको छ । सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कानून बमोजिम अनुमति प्राप्त बन्दक, पेस्तोलजस्ता हतियार बुझाउन आग्रह गरेको हो ।

अनुमति प्रँप्त हतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । निर्वाचन लक्षित विशेष सुरक्षा योजना अन्तरगत हतियार बुझाउन सुचना जारी गरिएको उहाले बताउनुभयो ।

सुरक्षामा खटिएका सुरक्षाकर्मीबाहे अन्य कुनै पनि व्यक्तिले हातहतियार बोक्न निषेध गरिएको छ । जिल्ला प्रशासनद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी, कानून बमोजिम लिन पाउने हतियार बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विस्फोटक पदार्थ वा रासायनिक वा लाठी भाला, खुकुरी बन्दुक, पेस्तोलजस्ता हतियार लिएर हिंड्न, प्रदर्शन गर्न पूर्णतया निषेध गरिएको छ ।’

निर्वाचन अवधिभरका लागि मदिराको बिक्री वितरणसमेत रोक लगाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । अवैध घरेलु मदिराको कारोबार र अनुमति नलिएर मदिराको बिक्री कार्यलाई नियन्त्रणमा लिइने उहाले बताउनुभयो ।

हतियार नबुझाउने तथा अवैध रुपमा मदिराको बिक्री वितरण गर्नेलाई कारबाही गरिने प्रशासनले जनाएको छ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा शान्ति सुव्यवस्था कायम गरि निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई