२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

चुनावमा बालबालिकालाई सकरात्मक रुपमा परिचालन गर्नुपर्छ: पौडेल

२०७३, ८ चैत्र मंगलवार ०१:५६

सागर सर्मा/चैत ८, प्यूठान । आसन्न निर्वाचनमा बालबालिकालाई सकरात्मक रुपमा परिचालन गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भएको छ ।

 जिल्ला बालकल्याण समिति प्यूठानले आयोजना गरेको बालअधिकार, बालसंरक्षण र बाल विवाह विषयक सञ्चारकर्मिहरुको लागि गरिएको अभिमुखिकरणमा उहाँले यस्तो भन्नु भएको हो । समापन कार्यक्रमको प्रमुख अतिथि रहनु भएको उहाँले बोल्दै भन्नु भयो ‘हामीले बालबालिकालाई चुनाव सम्वन्धि नकरात्मक पक्षहरुको प्रचार प्रसार भन्दा पनि बालबालिकालाई चुनावको महत्व तथा आवश्यकताको बारेमा सिकाउनु पर्दछ ।’ 

दुईदिन सम्म सञ्चालन गरिएको उक्त अभिमुखिकरणमा कहाँ र कसरी बालबालिकालाई श्रममा लगाईएको छ र उनिहरुलाई उद्धार गरि कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सम्वन्धमा बाल अधिकारकर्मी, मानवअधिकारकर्मी र सञ्चारकर्मी विच उक्त अभिमुखिकरण गरिएको हो ।, त्यस्तै बालअकिार, कानुनि व्यवस्था, बालसंरक्षण र बालबिवाह लगायतको विषयमा समेत छलफल गरिएको थियो । 

आउदै गरेको स्थानिय तहको चुनावमा बालबालिकालाई कुनै राजनितिकदल द्धारा प्रयोग हुन नदिन संचारकर्मि तथा बालअधिकारकर्मि सामुहिक रुपमा लाग्नु पर्ने समेत बताइएको छ । चुनावलाई लक्षित गरेर आयोजना गरिएको उक्त अभिमुखिकरणको कार्यक्रमको आयोजना जिल्ला बालकल्याण समिति समन्वय नेपाल पत्रकार महाँसंघ जिल्ला साखा प्यूठानले गरेको थियो भने सहयोग सेभ द चिल्ड्रेनको रहेको थियो । 

जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध २५ जना संचारकर्मि सँग गरिएको उक्त अभिमुखिकरण कार्यक्रमको सहजीकरण जिल्ला बालकल्याण समितिका अध्यक्ष मेघराज भट्ट, मानवअधिकार कर्मि पार्वता आचार्य, बालअधिकार अधिकृत यादव खनालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति