२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

चुनावमा बालबालिकालाई सकरात्मक रुपमा परिचालन गर्नुपर्छ: पौडेल

८ चैत्र २०७३, मंगलवार ०१:५६

सागर सर्मा/चैत ८, प्यूठान । आसन्न निर्वाचनमा बालबालिकालाई सकरात्मक रुपमा परिचालन गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भएको छ ।

 जिल्ला बालकल्याण समिति प्यूठानले आयोजना गरेको बालअधिकार, बालसंरक्षण र बाल विवाह विषयक सञ्चारकर्मिहरुको लागि गरिएको अभिमुखिकरणमा उहाँले यस्तो भन्नु भएको हो । समापन कार्यक्रमको प्रमुख अतिथि रहनु भएको उहाँले बोल्दै भन्नु भयो ‘हामीले बालबालिकालाई चुनाव सम्वन्धि नकरात्मक पक्षहरुको प्रचार प्रसार भन्दा पनि बालबालिकालाई चुनावको महत्व तथा आवश्यकताको बारेमा सिकाउनु पर्दछ ।’ 

दुईदिन सम्म सञ्चालन गरिएको उक्त अभिमुखिकरणमा कहाँ र कसरी बालबालिकालाई श्रममा लगाईएको छ र उनिहरुलाई उद्धार गरि कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सम्वन्धमा बाल अधिकारकर्मी, मानवअधिकारकर्मी र सञ्चारकर्मी विच उक्त अभिमुखिकरण गरिएको हो ।, त्यस्तै बालअकिार, कानुनि व्यवस्था, बालसंरक्षण र बालबिवाह लगायतको विषयमा समेत छलफल गरिएको थियो । 

आउदै गरेको स्थानिय तहको चुनावमा बालबालिकालाई कुनै राजनितिकदल द्धारा प्रयोग हुन नदिन संचारकर्मि तथा बालअधिकारकर्मि सामुहिक रुपमा लाग्नु पर्ने समेत बताइएको छ । चुनावलाई लक्षित गरेर आयोजना गरिएको उक्त अभिमुखिकरणको कार्यक्रमको आयोजना जिल्ला बालकल्याण समिति समन्वय नेपाल पत्रकार महाँसंघ जिल्ला साखा प्यूठानले गरेको थियो भने सहयोग सेभ द चिल्ड्रेनको रहेको थियो । 

जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध २५ जना संचारकर्मि सँग गरिएको उक्त अभिमुखिकरण कार्यक्रमको सहजीकरण जिल्ला बालकल्याण समितिका अध्यक्ष मेघराज भट्ट, मानवअधिकार कर्मि पार्वता आचार्य, बालअधिकार अधिकृत यादव खनालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…