२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पुस्तौँदेखि कुलोको दूषित पानी पिउँदै बैतडीका शङ्करपुरबासी

८ चैत्र २०७३, मंगलवार ०३:०८

चैत ८, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुरका स्थानीय बासिन्दा पुस्तौँदेखि कुलोको दूषित पानी पिउन बाध्य भएका छन् । 

सुर्नया गाउँपालिका–६ शङ्करपुरका करिब १०० घरपरिवार कुलोको दूषित पानी पुस्तौँदेखि पिउँदै आएका हुन् । शङ्करपुरको नन्दिना, धुलिधार र कुनेटमा खानेपानीको चरम समस्या रहेको स्थानीय जयराज अवस्थीले जानकारी दिनुभयो । 

बाजेको पालामा सिँचाइका लागि निर्माण गरिएको कुलोबाटै आएको पानी दैनिकरुपमा प्रयोग गर्न बाध्य भएको नन्दिनाका जयन्ती अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नजिक पानीको मुहान नहुँदा कुलोकै दूषित पानी पिउन बाध्य छौँ ।” 

यस्तै, कुनेटामा पनि खानेपानीको निकै समस्या भएको स्थानीय हरिदत्त अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कुलोको दूषित पानी पुस्तौँदेखि पिउँदै आएका छौँ ।” 

सुर्नया–६ कै धुलिधारमा रहेको एउटै मुहानमा पनि पानी सुक्न थालेको स्थानीय कृष्णदत्त अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धुलिधारमा रहेको पानीको मुहान पनि सुक्दै गएको छ ।” त्यस ठाउँका करिब १०० घरधुरी वर्षौंदेखि कुलोको दूषित पानी पिउन बाध्य भएपनि गाविस तथा अन्य सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…