२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानका उच्च बस्तीमा खानेपानीको चरम सङ्कट

८ चैत्र २०७३, मंगलवार ११:०४

चैत ८, सल्यान । जिल्लाका उच्च स्थानमा रहेका बस्तीमा पानीको चरम सङ्कट देखिएको छ । 

पानीका मुहान सुक्दै जाने र पर्याप्त पानीसमेत नपरेपछि पानीको सङ्कट देखिएको हो । निगाल्चुला, कुपिण्डे, लक्ष्मीपुर गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न थालेका छन् । 

कालीमाटी गाउँपालिकाका बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै सङ्कट परेको स्थानीय गोविन्द डाँगीले बताउनुभयो । “पानीको स्रोत सुक्दै गएकाले बर्सेनि तीनदेखि पाँच परिवारले गाउँ छोड्न थालेका छन्, बस्ती नै खाली हुने खतरा छ,” उहाँले भन्नुभयो । 

अभाव भएपछि तीन घन्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको छ । एउटै घरबाट दुई÷तीन जनाले पालैपालो पानी आसार्नु परिरहेको निगाल्चुला– ९ का प्रेमबहादुर पुन बताउनुहुन्छ । “दिनभरमा चार गाग्री पानी आउँछ परिवारमा सात÷आठ जना हुन्छन्, नुहाउने र कपडा धुनेको त कुरै नगराँै खानेपानी पाउनसमेत धौधौ छ,” उहाँले भन्नुभयो । पानी बोक्नकै लागि बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ । 

आकासे पानी सङ्कलनका लागि बनाइएका पुराना पोखरीमा पनि पानी सुकेपछि बस्तुभाउलाई समेत पानी बोकेर खुवाउनुपर्ने बाध्यता छ । पानी सङ्कलनका लागि निगाल्चुलामा चारवटा पोखरी बनाइएको छ । यस वर्षदेखि पानी पूरै सुकेपछि बस्तुभाउ बचाउनै गाह्रो भएको स्थानीयवासी लालबहादुर घर्तीले पीडा सुनाउनुभयो । पर्याप्त पानी नपरेपछि आकासे पानी सङ्कलनका लागि बनाइएका घैँटासमेत खाली छन् । 

यस्तै लक्ष्मीपुरकोट र आरुचौरमा समेत खानेपानीको चरम अभाव छ । पानीको अभावका कारण बस्तुभाउ पाल्न छोडेको स्थानीयवासी नारायण खत्रीले बताउनुभयो । पहिले नजिकै कुवाबाट पानी ल्याउने गरेको भए पनि कुवा सुकेपछि स्थानीयवासी गाउँ छोडेर जानथालेका छन् ।

“गाउँमा आउने न त पानीको स्रोत छ न त नजिक कुवा नै, पानीको सास्तीले बसाइँ सर्नु परिरहेको छ,” खत्रीले भन्नुभयो । खानेपानी अभावसँगै विद्यालयमा बनाइएका शौचालय दुर्गन्धित र फोहर भएका छन् । खानेपानीबाट यस क्षेत्रका करिब एक हजार घरधुरी प्रभावित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…