२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रदेशकै ऐतिहासिक मदनमेला यो वर्ष नलाग्ने

८ चैत्र २०७३, मंगलवार ११:१९

अमृत बास्तोला/चैत ८, तेह्रथुम । प्रदेश नं. १ कै ऐतिहासिक मानिने मदनमेला यो वर्ष नलाग्ने भएको छ । 

तेह्रथुमको पुर्वी आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा लाग्ने पुरानो मेला यस वर्ष नलाग्ने भएको हो । वि.स. २०१५ सालबाट लाग्दै आएको मेला, मदन ट्रष्टका संरक्षक कमलमणि दिक्षितको निधन र संक्रान्तिबजार भिषण आगलागी लगायतका  कारणले यस वर्ष संचालन नहुने मदनमेला आयोजक समितिले जनाएको छ । 

२०१५ सालबाट सुरु भएको मेला द्धन्दकालमा विस्थापित भएपछि एक दशक पछि २०६८ सालबाट पुनः लाग्दै आएको थियो । मेला द्धन्दकाल अगाडि अक्षतृतीय र द्धन्द पछाडी नव वर्ष लाई मध्य बनाए एक साता सम्म जातिय संस्कृति झल्किने साँस्कृतिक कार्याक्रम सहित विभिन्न दर्जनौ खेलकुद प्रतियोगीका साथ लाग्ने गरेको थियो ।

मदन ट्रष्टको आर्थिक सहयोग र स्थानीयको व्यावस्थापनमा लाग्दै आएको मेला अर्को वर्ष भने लाग्ने मदन मेला समितिले जनाएको छ ।   

पुर्व कै पुरानो बजार सक्रान्तिबजारमा तत्कालिन रानी जगदम्बाले स्व. पति मदन शम्शेरको स्मृतिमा मदन ट्रष्ट खडा गरी मदन मेला संगै बजारमा मदन धारा, जगदम्बा दातब्य औषधालय, अतिथि भवन र रानी चौतारा निर्माण गरिदिएको बताइन्छ । 

द्धन्दकालमा आम्दानीका श्रोत विस्थापित भएपछि औषधालय बन्द भएको छ, भने अतिथि भवन तत्कालिन माओवादीले ध्वस्त गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…