2026-09-28 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

प्रदेशकै ऐतिहासिक मदनमेला यो वर्ष नलाग्ने

अमृत बास्तोला/चैत ८, तेह्रथुम । प्रदेश नं. १ कै ऐतिहासिक मानिने मदनमेला यो वर्ष नलाग्ने भएको छ । 

तेह्रथुमको पुर्वी आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा लाग्ने पुरानो मेला यस वर्ष नलाग्ने भएको हो । वि.स. २०१५ सालबाट लाग्दै आएको मेला, मदन ट्रष्टका संरक्षक कमलमणि दिक्षितको निधन र संक्रान्तिबजार भिषण आगलागी लगायतका  कारणले यस वर्ष संचालन नहुने मदनमेला आयोजक समितिले जनाएको छ । 

२०१५ सालबाट सुरु भएको मेला द्धन्दकालमा विस्थापित भएपछि एक दशक पछि २०६८ सालबाट पुनः लाग्दै आएको थियो । मेला द्धन्दकाल अगाडि अक्षतृतीय र द्धन्द पछाडी नव वर्ष लाई मध्य बनाए एक साता सम्म जातिय संस्कृति झल्किने साँस्कृतिक कार्याक्रम सहित विभिन्न दर्जनौ खेलकुद प्रतियोगीका साथ लाग्ने गरेको थियो ।

मदन ट्रष्टको आर्थिक सहयोग र स्थानीयको व्यावस्थापनमा लाग्दै आएको मेला अर्को वर्ष भने लाग्ने मदन मेला समितिले जनाएको छ ।   

पुर्व कै पुरानो बजार सक्रान्तिबजारमा तत्कालिन रानी जगदम्बाले स्व. पति मदन शम्शेरको स्मृतिमा मदन ट्रष्ट खडा गरी मदन मेला संगै बजारमा मदन धारा, जगदम्बा दातब्य औषधालय, अतिथि भवन र रानी चौतारा निर्माण गरिदिएको बताइन्छ । 

द्धन्दकालमा आम्दानीका श्रोत विस्थापित भएपछि औषधालय बन्द भएको छ, भने अतिथि भवन तत्कालिन माओवादीले ध्वस्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह