प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गर्दै संघीय संरचना कार्यान्वयनमा ल्याएपछि तेह्रथुममा दुई नगरपालिका, चार गाउँपालिका तथा ४३ व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गर्दै संघीय संरचना कार्यान्वयनमा ल्याएपछि तेह्रथुममा दुई नगरपालिका, चार गाउँपालिका तथा ४३ व"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा स्थानीय तहले काम थाले

८ चैत्र २०७३, मंगलवार ११:२४

प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गर्दै संघीय संरचना कार्यान्वयनमा ल्याएपछि तेह्रथुममा दुई नगरपालिका, चार गाउँपालिका तथा ४३ वटा वडा कार्यालयहरु सञ्चालनमा आएका छन् । 

चैत ३ गते नै जिल्लाका चार वटै गाउँपालिकाले कार्यालय स्थापना गरेका थिए । यस्तै साविकका गाविस कार्यालयहरुलाई वडा कार्यालयको रुपमा स्थापित गरिएको छ । जिल्लाभर अब ४३ वटा वडा कार्यालयहरुले समेत सेवा थालेका जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । 

कर्मचारी व्यवस्थापन, लेटर प्याड र छाप जस्ता सामग्रीको व्यवस्थापनपछि सबै तहको काम नियमित रुपमा सन्चालन भएको हो । अधिकार सम्पन्न कार्यालय आफ्नै क्षेत्रमा स्थापना भएपछि स्थानीयबासी समेत हर्षित बनेका छन् । जिल्लामा म्याङलुङ र लालीगुराँस नगरपालिका यसअघि नै गठन भएका थिए । 

हालै सरकारले छथर क्षेत्रका छ गाविसलाई समेटेर छथर गाउँपालिका, आठराई क्षेत्रका सात गाविसलाई समेटेर आठराई गाउँपलिका, मोराहाङ, श्रीजुङ र पौठाक गाविसलाई समेटेर मेन्छ्यायेम गाउँपालिका तथा फेदाप क्षेत्रका अन्य पाँच गाविसलाई समेटेर फेदाप गाउँपालिका बनाएको हो । 

नयाँ संरचनामा म्याङलुङ्ग र लालीगुराँस नगरपालिकाको केन्द्र साविककै स्थान अर्थात् म्याङलुङ्ग बजार र बसन्तपुर बजारमै निर्धारण गरिएको छ । यस्तै छथर गाउँपालिकाको शुक्रबारे बजार, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ बजार, फेदाप गाउँपालिकाको पोक्लाबाङबजार र आठराई गाउँपालिकाको सक्रान्तिबजारमा केन्द्र निर्धारण भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…