प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गर्दै संघीय संरचना कार्यान्वयनमा ल्याएपछि तेह्रथुममा दुई नगरपालिका, चार गाउँपालिका तथा ४३ व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गर्दै संघीय संरचना कार्यान्वयनमा ल्याएपछि तेह्रथुममा दुई नगरपालिका, चार गाउँपालिका तथा ४३ व"/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा स्थानीय तहले काम थाले

२०७३, ८ चैत्र मंगलवार ११:२४

प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । सरकारले स्थानीय निकायलाई तहमा रुपान्तरण गर्दै संघीय संरचना कार्यान्वयनमा ल्याएपछि तेह्रथुममा दुई नगरपालिका, चार गाउँपालिका तथा ४३ वटा वडा कार्यालयहरु सञ्चालनमा आएका छन् । 

चैत ३ गते नै जिल्लाका चार वटै गाउँपालिकाले कार्यालय स्थापना गरेका थिए । यस्तै साविकका गाविस कार्यालयहरुलाई वडा कार्यालयको रुपमा स्थापित गरिएको छ । जिल्लाभर अब ४३ वटा वडा कार्यालयहरुले समेत सेवा थालेका जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । 

कर्मचारी व्यवस्थापन, लेटर प्याड र छाप जस्ता सामग्रीको व्यवस्थापनपछि सबै तहको काम नियमित रुपमा सन्चालन भएको हो । अधिकार सम्पन्न कार्यालय आफ्नै क्षेत्रमा स्थापना भएपछि स्थानीयबासी समेत हर्षित बनेका छन् । जिल्लामा म्याङलुङ र लालीगुराँस नगरपालिका यसअघि नै गठन भएका थिए । 

हालै सरकारले छथर क्षेत्रका छ गाविसलाई समेटेर छथर गाउँपालिका, आठराई क्षेत्रका सात गाविसलाई समेटेर आठराई गाउँपलिका, मोराहाङ, श्रीजुङ र पौठाक गाविसलाई समेटेर मेन्छ्यायेम गाउँपालिका तथा फेदाप क्षेत्रका अन्य पाँच गाविसलाई समेटेर फेदाप गाउँपालिका बनाएको हो । 

नयाँ संरचनामा म्याङलुङ्ग र लालीगुराँस नगरपालिकाको केन्द्र साविककै स्थान अर्थात् म्याङलुङ्ग बजार र बसन्तपुर बजारमै निर्धारण गरिएको छ । यस्तै छथर गाउँपालिकाको शुक्रबारे बजार, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ बजार, फेदाप गाउँपालिकाको पोक्लाबाङबजार र आठराई गाउँपालिकाको सक्रान्तिबजारमा केन्द्र निर्धारण भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश