दिपक अनुरागी/चैत ८, कपिलवस्तु । निजी विद्यालयलाई राज्यले विभेदपुर्ण व्यवहार गरेको एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् । 

राज्यले निजी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/चैत ८, कपिलवस्तु । निजी विद्यालयलाई राज्यले विभेदपुर्ण व्यवहार गरेको एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् । 

राज्यले निजी "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

निजी विद्यालयलाई राज्यले विभेद गरेको गुनासो

२०७३, ८ चैत्र मंगलवार १२:२५


दिपक अनुरागी/चैत ८, कपिलवस्तु । निजी विद्यालयलाई राज्यले विभेदपुर्ण व्यवहार गरेको एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् । 

राज्यले निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई दोस्रो नागरिक ठानेको पनि उनिहरुले आरोप लगाए । देशको शिक्षामा निजी विद्यालयको भूमिका पनि महत्वपूर्ण रहेको ठान्न राज्यलाई उनिहरुले आग्रह पनि गरे । निजी तथा आवसिय विद्यालय अग्रनाइजेशन पुर्वी कलस्टर कपिलवस्तुले मङ्गलबार गजेहडामा राखेको सम्मान कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्याब्सन प्रदेश नम्बर ५ का अध्यक्ष कृष्ण प्रसाद खनालले राज्यबाट आफुहरु चेपुवामा परेको जिकिर गर्नुभयो । राज्यले विद्यार्थीलाई दिदै आएको सेवा सुविधामा निजी विद्यालयका विद्यार्थीलाई नदिएको भन्दै अध्यक्ष खनालले चरणबद्ध संघर्षमा उत्रिनुपर्ने बेला आएको बताउनुभयो ।

जिल्ला शिक्षा कार्यलयका विद्यार्थी निरिक्षक खिम बहादुर जिसीले भने अलि फरक विचार राख्नुभयो । राज्यले बनाएका कानुन अनुसार निजी विद्यालय सञ्चालन गनुपर्ने धारणा राख्नुभयो । राज्यबाट केहि कमीकमजोरी भए सच्चाउदै जानु पर्ने बताउदै विद्यालय निरिक्षक जिसीले निजी विद्यालयहरु पनि राज्यको नियममा सञ्चालन भई विश्वास दिलाउनुपर्ने जिकिर गर्नुभयो ।

व्याप्सनका केन्द्रिय सदस्य सवेन्द्रदेव खनालले आफुहरुको कार्यकालमा निजि विद्य्रालयको हक हितमा रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राज्यले गरेको विभेदका विरुद्ध संघर्ष गर्ने उहाले जनाउनुभयो ।

प्याब्सनका जिल्ला अध्यक्ष नरेन्द्र भूषालले बोलेर भन्दा पनि काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । निजी विद्यालयमा देखाएका समस्याहरुलाई एक जुट भएर समाधान गर्न तर्फ आफु निरन्तर लाग्ने जनाउनुभयो ।

संस्थापक अध्यक्ष डिल्लिराम भट्टराइले न्यून मात्राका निजी विद्यालयबाट शुरु भएको प्याब्सन देशभरकै सबैभन्दा ठुलो हुन पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो । निजी विद्यालयहरुले विद्यार्थीलाई गुणस्तरिय शिक्ष्ााँ दिई अभिभावकको मन जित्नुपर्नेमा जोड दिनुभयो ।  

उक्त कार्यक्रममा प्याब्सनको १३ औ राष्ट्रिय महाधिवेशनमा निर्वाचित केन्द्रिय सदस्य सवेन्द्रदेव खनाल, दोस्रो बैठकबाट मनोनित हुनुभएका कृष्ण केशि, प्रदेश सहसचिव केशव सापकोटा र प्याब्सन पूर्व जिल्ला अध्यक्ष डिल्लिराम भट्टराईलाई प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।  

कार्यक्रमको समापन गर्दै नेप्सा पूर्वी कलस्टरका अध्यक्ष रोमाकान्त घिमिरेले प्याब्सन माथिल्लो समितिमा निर्वाचित साथीहरुलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्तै काम गर्न पाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेप्सा पूर्वी कलस्टरका सचिव राजु अधिकारीको सञ्चालनमा भएको कार्यक्रमको स्वागत मन्तव्य प्याब्सनका जिल्ला सचिव सुन्दर पाण्डेले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति