2026-09-28 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

विपत् व्यवस्थापनका लागि खोज तथा उद्धार सामाग्री प्रदान

प्रकाश धौलाकोटी/चैत ९, तेह्रथुम । नेपाल रेडक्रस सोसाईटी तेह्रथुमले विपत ब्यवस्थापनका लागि जिल्लाका गाउँ गाउँमा खोज तथा उद्धार सामाग्री प्रदान गरेको छ । 

रेडक्रसले जिल्लामा आई पर्ने विपद व्यवस्थापनको पूर्व तयारीको लागि जिल्ला दैविप्रकोप उद्धार समितिको संयोजनमा सामाग्री पदान गरेको हो । गाउँमा रहेका सुरक्षा निकायलाई झम्पल, गैती, बेल्चा, स्ट्रेचर, हेल्मेट, डोरी, पाल्टीन, जग लगायतका विभिन्न सामाग्री प्रदान गरीएको रेडक्रसले जनाएको छ । 

रेडक्रसले जिल्ला प्रहरी कार्यालय तेह्रथुम, प्रहरी चौकी शुक्रबारे, बसन्तपुर, आठराई, लसुने, सम्दु, छातेढुङ्गा, मोराहाङ्ग र पोक्लावाङ्गमा रहेका प्रहरी चौकीमा विभिन्न सामाग्री तयारी अवस्थामा राखेको छ । 

रेडक्रसले ईन्द्रदल गुल्म म्याङलुङ र शशस्त्र प्रहरी गुल्म जिरिखिम्ती तथा आठराईमा पनि खोज तथा उद्धार सामाग्री प्रदान गरेको रेडक्रसका कार्यक्रम अधिकृत पुर्णचन्द्र श्रेष्ठले बताउनुभयो । रेडक्रसले विपदको अवस्था र शुरक्षा निकायको जनशक्तिको आधारमा ५ देखि २० सेट सम्म यस्ता सामाग्री प्रदान गरेको जनाएको छ  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह