आगामी हुन लागेको निर्वाचनामा भाग लिनको लागि पर्वतमा ९९ हजार भन्दा बढि मतदाता रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले जिल्लाको मतदाता सख्या प्रमाण्णितको लागि केन्द्रमा पठाइसकिएको जनाएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आगामी हुन लागेको निर्वाचनामा भाग लिनको लागि पर्वतमा ९९ हजार भन्दा बढि मतदाता रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले जिल्लाको मतदाता सख्या प्रमाण्णितको लागि केन्द्रमा पठाइसकिएको जनाएको छ । 

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ९९ हजार भन्दा बढी मतदाता

९ चैत्र २०७३, बुधबार ०४:०७


आगामी हुन लागेको निर्वाचनामा भाग लिनको लागि पर्वतमा ९९ हजार भन्दा बढि मतदाता रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले जिल्लाको मतदाता सख्या प्रमाण्णितको लागि केन्द्रमा पठाइसकिएको जनाएको छ । 

गएको फाल्गुन  ९ सम्म  अध्यावधिक गरिएको जिल्लाका मतदाता संख्या ९९ हजार ६ सय ७० रहेको जनाउँदै परिचय पत्रको लागि केन्द्रमा पठाइएको कार्यालयले जनाएको हो ।स्थानीय तह पुर्नसंरचना अनुसार  जिल्लामा  ६८ केन्द्र रहेको मा आसन्न निर्वाचनको लागि केन्द्र बढाइएको छ । अहीले जिल्ला  मतदान केन्द्र  सिफारीस समीतीको  निर्णय अनुसार  ७४ कायम गरीएको  छ ।   आउँदो  बैशाख  ३१ गते  तोकीएको स्थानीय तह निर्वाचनको सम्पन्न गराउन  ७४ केन्द्र कायम भइसकेको  कार्यालयले जनाएको हो ।कार्यालयका अनुसार निर्वाचन सम्पन्न गराउन जिल्ला भर तीन सुरक्षा निकाय सँगै ८ सय जना निजामती र शिक्षक कर्मचारीहरु परिचालन हुने  जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए । शर्माले  केन्द्रले अध्यावधिक गरेर मतदाताको नामावली पठाएपछि मात्र परिचय पत्र     वितरणको काम थालनी हुने बताए । 

  कार्यालयका अनुसार हाल सम्म जिल्लामा १६ दल कायम रहेका छन । एक मतदाताले  आफ्ना वडाका सबै दलका एक एक प्रतिनिधि चुन्न सकिने व्यवस्था पछिल्लो निर्वाचनले व्यवस्था गरेको जनाएको हो । कार्यालयका अनुसार  कुश्मा    नगर पालिका मा तीन र अन्य गाउँ पालिकामा तीन  गरी  ६ केन्द्र थप         गरीएको हो ।

आउँदो निर्वाचनमा कस्ता व्यक्तिले लड्न पाउँछन् ? 

लामो समयको अन्तरपछी नेपालमा स्थानीय निकायको निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार यो पटक झन्डै ४ लाखको हाराहारीमा उम्मेदवार उठ्दैछन । यत्रो संख्यामा उम्मेदवारले लड्ने आगामी चुनावमा लड्न कस्तो मापदण्ड चाहिएला त ? यो कुरा धेरैलाई चासोको      कुरा हो त्यसैले हामीले तपाईलाई यससम्बन्धि जानकारी गराउन     गईरहेका छौं ।

–उम्मेदवार हुनका लागि नेपाली नागरिक हुनुपर्छ र उम्मेदवारी दर्ता गर्न नागरिकताको प्रमाणपत्र चाहिन्छ । 

–उम्मेदवारको उमेर कम्तिमा २१ बर्ष पूरा भएको हुनुपर्छ ।

 –मतदाता नामावलीमा नाम दर्ता गराईसकेको हुनुपर्छ । 

–जुन स्थानमा तपाईंले मतदाता नामावली छ त्यहाँबाट मात्र तपाइले स्थानीय तहको चुनाव लड्न पाउनुहुन्छ । (उदाहरणको लागि यदि तपाईको नामावली पर्वत जिल्लामा छ तर तपाइँ काठमाडौँको कुनै स्थानीय तहमा चुनाव लड्ने सोचमा हुनुहुन्छ भने तपाइले पाउनुहुन्न । यस्तो अवस्थामा तपाइँ चुनाव लड्न आफ्नो मतदाता नामावली भएकै स्थानको स्थानीय तहमा पुग्नुपर्ने हुन्छ ।)

–उम्मेदवार हुनका लागि कुनै फौजदारी मुद्दा नलागेको र कारबाही नभोगेको नागरिक हुनुपर्छ ।

उम्मेदवार कसरी छानिन्छ ? 

स्थानीय निर्वाचनमा सम्वन्धित स्थानीय तह (जुन गाउँपालिका र नगरपालिका अन्तर्गत पर्छन) उल्लेख भएका त्यहाँका मतदाता नामावलीमा नाम भएका नागरिकहरुले बिभिन्न पदमा बिभिन्न दल तथा स्वतन्त्रबाट उठेका उम्मेदवारहरुलाई निर्वाचनको दिन मतदान गर्छन । एउटै मतदाताले ७ जना उम्मेदवार (स्थानीय तहको प्रमुख, उपप्रमुख, आफ्नो वडाको वडाध्यक्ष र बाँकी चार जना सदस्य)लाई मतदान गर्नेछ । यसरी निर्वाचनमा जसले पद अनुसार सबैभन्दा बढी मत प्राप्त गर्छ, त्यसको विजय     हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ