दिनेश ठकुल्ला/चैत ९, धनगढी । सामुदायिक रेडियो प्रसारक संघ अकोराबको प्रदेश नम्बर ७ को भेला बुधबार धनगढीमा सम्पन्न भएको ।

 ७ नम्बर प्रदेशका अध्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/चैत ९, धनगढी । सामुदायिक रेडियो प्रसारक संघ अकोराबको प्रदेश नम्बर ७ को भेला बुधबार धनगढीमा सम्पन्न भएको ।

 ७ नम्बर प्रदेशका अध्"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

अकोरावको सात नम्बर प्रदेश भेला सम्पन्न

९ चैत्र २०७३, बुधबार १२:२८


दिनेश ठकुल्ला/चैत ९, धनगढी । सामुदायिक रेडियो प्रसारक संघ अकोराबको प्रदेश नम्बर ७ को भेला बुधबार धनगढीमा सम्पन्न भएको ।

 ७ नम्बर प्रदेशका अध्यक्ष दीर्घराज उपाध्यायको अध्यक्षतामा सम्पन्न भेलामा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा प्रमुख अतिथि रहनुभएको थियो । अध्यक्ष खतिवडाले सामुदायिक रेडियोले सडक सञ्जालसग नजोडिएका, विजुली बत्ती नभएका ग्रामीण क्षेत्र र  निरक्षर नागरिकलाई पनि सुसुचित गरिरहेको बताउनुभयो ।  

उहाँले ग्रामीण क्षेत्रका कला, सस्कृतिलाई जगेर्ना गर्नुका साथै समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै सामुदायिक रेडियोहरुको प्रशसाा गर्नुभयो । उहाले आगामी बैशाखमा तोकिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले नागरिकलाई विकाश निर्माणका कार्यमा जागरुक बनाउनुका साथै सुशासन कायम गर्नका सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

 उहाँले राष्ट्र र जनताको सम्बृदिका लागि सरकार र सामुदायिक रेडियोले सहकार्य गरेर अगाडी बढनुपर्नेमा जोड सिदनुभयो ।  जिल्ला समन्वय समितिका सयोजक केशव प्रसाद विमलीले सामुदायिक रेडियोले विकाशका मुद्धालाई प्राथमिकता दिदै आम जनताको विश्वास जित्नुपर्ने बताउनुभयो ।

 नेपाल उद्योग वाणिज्य महासघका केन्द्रिय सदस्य गोपाल हमालले राजनीतिक परिवर्तन भन्दा पनि आर्थिक परिवर्तनको लागि रेडियोले सशक्त भूमिका खेल्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासघका पूर्व केन्द्रिय उपाध्यक्ष डिआर पन्तले सघियता कार्यान्वयन र स्थानीय तहको चुनाव सम्पन्न गर्नका लागि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । 

७ नम्बर प्रदेशका अध्यक्ष दीर्घराज उपाध्यायले सम्बन्धित प्रदेशमा भएका सामुदायिक रडियोहरुको संचालनको अवस्था र अब दिगोपनाका लागि के के गर्न सकिन्छ भन्ने विषयका छलफल गर्नका लागि भेलाको आयोजना गरिएको बताउनुभयो । अकोराब प्रदेशको संरचनामा गइसकेपछि यस प्रकारको भेला हुन थालेको हो । सोमबार प्रदेश ६ बाट शुरु भएको भेला आज धनगढीमा भएको हो । यसपछि अरु प्रदेशमा पनि गर्दै जाने अकोराबले जनाएको छ । 

गुणस्तरीयतामा जोडदिनुपर्ने 

सो भेलामा यस क्षेत्रका सामुदायिक रेडियोकर्मीले रेडियोको पहुँच अन्य संचार माध्यम भन्दा व्यापक रहेकाले प्रसारण हुने सामग्री गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिएका छन् । सामुदायिक रेडियो स्थापना हुने क्रम बढेपनि प्रसारण हुने सामग्री भने कमजोर भएकाले अब स्रोतामुखी सामग्री उत्पादन गर्दै अगाडी बढ्नुपर्ने कार्यक्रमका सहभागिले जोड दिएका हुन् । 

अधिकांश रेडियो केवल गित संगितमा मात्रै सिमीत रहेकाले अब भने स्रोताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने सामग्रीलाई उच्च प्राथमिकता दिनुपर्ने सहभागिको भनाइ थियो । कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण गर्ने लगायतका मुद्धालाई सामुदायिक रेडियोले प्राथमीकता दिनुपर्ने रेडियो कालापानी दार्चुलाका अध्यक्ष केशव भट्टले बताउनुभयो । 

रेडियोमा कार्यक्रम तथा समाचार उत्पादन गर्ने दक्ष जनशक्ती अभावमा सामुदायिक रेडियोहरुले गुणस्तरीय सामाग्री प्रसारण गर्न नसकेको रेडियोकर्मीको गुनासो छ । यति मात्रै होइन सामुदायिक रेडियोहरुको छाता संगठन अकोरावले गर्ने सहयोगमा कमी हुँदा पनि रेडियोले सोचेजति प्रभावकारी सामग्री प्रसारण गर्न नसकेको रेडियो सुदूर सन्देशका अध्यक्ष हेमन्त पौडेलले गुनासो गर्नुभयो । यस क्षेत्रका दुर्गमका रेडियोले सबैभन्दा बढि समस्या खेप्नुपरेको बताइएको छ । 

उनीहरुले प्राविधिक समस्या देखि विद्युत्को चरम लोडसेडिङमा रेडियो संचालन गरि रहेका छन् । नजिकै प्राविधिक जनशक्ति नहुँदा रेडियोमा कुनै समस्या देखिए हप्ता दिनसम्म रेडियो बन्द गर्नुपर्ने बाध्यता रहेको रेडियो बाजुराका अध्यक्ष लालबहादुर ओलीले सुनाउनुभयो । 

सामुदायिक रेडियाको छाता संगठन अकोरावका अध्यक्ष सहितका पदाधीकारीले यस क्षेत्रका सामुदायिक रेडियोले विभिन्न समस्या खेपेर पनि गुणस्तरीय कार्यक्रम प्रसारण गर्न राम्रो प्रयास गरेको बताएका छन् । यस्तै अकोरावका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरिले पत्रकार आचार संहिताको पालना नगरेरै हिजोआज अधिकांश रेडियोले समाचार प्रसारण गर्ने गरेका तितो यथार्थ सुनाउनुभयो । 

अब सामुदायिक रेडियोले समाचार प्रसारण गर्दा आचार संहितालाई विशेष ख्याल राखेर सामग्री प्रसारण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोविन्द देवकोटाले सामुदायिक रेडियोले सेवासुविधा पाउन नसकेकोमा जोड दिदै स्थानिय निकायमा रहेका सरोकारवालासँग समन्वय गरेर अगाडी बढ्न आवश्यक भएको उल्लेख गर्नुभयो । यस्तै सामुदायिक रेडियोहरुले प्राप्त गर्ने सुविधाकालागि आफूहरु निरन्तर केन्द्रलाई दबाब दिइरहेको बताउनुभयो । 

सो अवसरमा स्थानीय निकायको पुनर्संरचनापछि सामुदायिक रेडियोहरुको भूमिका र रेडियोले तय गर्नुपर्ने आगामी रणनीतिका बारेमा छलफल समेत गरिएको छ । भेलामा प्रदेश नम्बर ७ का सामुदायिक रेडियोहरुका अध्यक्ष तथा स्टेशन म्यानेजरहरुको सहभागितामा रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य