Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अकोरावको सात नम्बर प्रदेश भेला सम्पन्न

By kit 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

दिनेश ठकुल्ला/चैत ९, धनगढी । सामुदायिक रेडियो प्रसारक संघ अकोराबको प्रदेश नम्बर ७ को भेला बुधबार धनगढीमा सम्पन्न भएको ।

७ नम्बर प्रदेशका अध्यक्ष दीर्घराज उपाध्यायको अध्यक्षतामा सम्पन्न भेलामा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा प्रमुख अतिथि रहनुभएको थियो । अध्यक्ष खतिवडाले सामुदायिक रेडियोले सडक सञ्जालसग नजोडिएका, विजुली बत्ती नभएका ग्रामीण क्षेत्र र  निरक्षर नागरिकलाई पनि सुसुचित गरिरहेको बताउनुभयो ।

उहाँले ग्रामीण क्षेत्रका कला, सस्कृतिलाई जगेर्ना गर्नुका साथै समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै सामुदायिक रेडियोहरुको प्रशसाा गर्नुभयो । उहाले आगामी बैशाखमा तोकिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले नागरिकलाई विकाश निर्माणका कार्यमा जागरुक बनाउनुका साथै सुशासन कायम गर्नका सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले राष्ट्र र जनताको सम्बृदिका लागि सरकार र सामुदायिक रेडियोले सहकार्य गरेर अगाडी बढनुपर्नेमा जोड सिदनुभयो ।  जिल्ला समन्वय समितिका सयोजक केशव प्रसाद विमलीले सामुदायिक रेडियोले विकाशका मुद्धालाई प्राथमिकता दिदै आम जनताको विश्वास जित्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासघका केन्द्रिय सदस्य गोपाल हमालले राजनीतिक परिवर्तन भन्दा पनि आर्थिक परिवर्तनको लागि रेडियोले सशक्त भूमिका खेल्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासघका पूर्व केन्द्रिय उपाध्यक्ष डिआर पन्तले सघियता कार्यान्वयन र स्थानीय तहको चुनाव सम्पन्न गर्नका लागि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

७ नम्बर प्रदेशका अध्यक्ष दीर्घराज उपाध्यायले सम्बन्धित प्रदेशमा भएका सामुदायिक रडियोहरुको संचालनको अवस्था र अब दिगोपनाका लागि के के गर्न सकिन्छ भन्ने विषयका छलफल गर्नका लागि भेलाको आयोजना गरिएको बताउनुभयो । अकोराब प्रदेशको संरचनामा गइसकेपछि यस प्रकारको भेला हुन थालेको हो । सोमबार प्रदेश ६ बाट शुरु भएको भेला आज धनगढीमा भएको हो । यसपछि अरु प्रदेशमा पनि गर्दै जाने अकोराबले जनाएको छ ।

गुणस्तरीयतामा जोडदिनुपर्ने

सो भेलामा यस क्षेत्रका सामुदायिक रेडियोकर्मीले रेडियोको पहुँच अन्य संचार माध्यम भन्दा व्यापक रहेकाले प्रसारण हुने सामग्री गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिएका छन् । सामुदायिक रेडियो स्थापना हुने क्रम बढेपनि प्रसारण हुने सामग्री भने कमजोर भएकाले अब स्रोतामुखी सामग्री उत्पादन गर्दै अगाडी बढ्नुपर्ने कार्यक्रमका सहभागिले जोड दिएका हुन् ।

अधिकांश रेडियो केवल गित संगितमा मात्रै सिमीत रहेकाले अब भने स्रोताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने सामग्रीलाई उच्च प्राथमिकता दिनुपर्ने सहभागिको भनाइ थियो । कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण गर्ने लगायतका मुद्धालाई सामुदायिक रेडियोले प्राथमीकता दिनुपर्ने रेडियो कालापानी दार्चुलाका अध्यक्ष केशव भट्टले बताउनुभयो ।

रेडियोमा कार्यक्रम तथा समाचार उत्पादन गर्ने दक्ष जनशक्ती अभावमा सामुदायिक रेडियोहरुले गुणस्तरीय सामाग्री प्रसारण गर्न नसकेको रेडियोकर्मीको गुनासो छ । यति मात्रै होइन सामुदायिक रेडियोहरुको छाता संगठन अकोरावले गर्ने सहयोगमा कमी हुँदा पनि रेडियोले सोचेजति प्रभावकारी सामग्री प्रसारण गर्न नसकेको रेडियो सुदूर सन्देशका अध्यक्ष हेमन्त पौडेलले गुनासो गर्नुभयो । यस क्षेत्रका दुर्गमका रेडियोले सबैभन्दा बढि समस्या खेप्नुपरेको बताइएको छ ।

उनीहरुले प्राविधिक समस्या देखि विद्युत्को चरम लोडसेडिङमा रेडियो संचालन गरि रहेका छन् । नजिकै प्राविधिक जनशक्ति नहुँदा रेडियोमा कुनै समस्या देखिए हप्ता दिनसम्म रेडियो बन्द गर्नुपर्ने बाध्यता रहेको रेडियो बाजुराका अध्यक्ष लालबहादुर ओलीले सुनाउनुभयो ।

सामुदायिक रेडियाको छाता संगठन अकोरावका अध्यक्ष सहितका पदाधीकारीले यस क्षेत्रका सामुदायिक रेडियोले विभिन्न समस्या खेपेर पनि गुणस्तरीय कार्यक्रम प्रसारण गर्न राम्रो प्रयास गरेको बताएका छन् । यस्तै अकोरावका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरिले पत्रकार आचार संहिताको पालना नगरेरै हिजोआज अधिकांश रेडियोले समाचार प्रसारण गर्ने गरेका तितो यथार्थ सुनाउनुभयो ।

अब सामुदायिक रेडियोले समाचार प्रसारण गर्दा आचार संहितालाई विशेष ख्याल राखेर सामग्री प्रसारण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोविन्द देवकोटाले सामुदायिक रेडियोले सेवासुविधा पाउन नसकेकोमा जोड दिदै स्थानिय निकायमा रहेका सरोकारवालासँग समन्वय गरेर अगाडी बढ्न आवश्यक भएको उल्लेख गर्नुभयो । यस्तै सामुदायिक रेडियोहरुले प्राप्त गर्ने सुविधाकालागि आफूहरु निरन्तर केन्द्रलाई दबाब दिइरहेको बताउनुभयो ।

सो अवसरमा स्थानीय निकायको पुनर्संरचनापछि सामुदायिक रेडियोहरुको भूमिका र रेडियोले तय गर्नुपर्ने आगामी रणनीतिका बारेमा छलफल समेत गरिएको छ । भेलामा प्रदेश नम्बर ७ का सामुदायिक रेडियोहरुका अध्यक्ष तथा स्टेशन म्यानेजरहरुको सहभागितामा रहेको थियो ।