२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

संस्थाहरुको नियन्त्रण प्रणाली तथा सुशासन सम्बन्धी तालिम सुरु

२०७३, ९ चैत्र बुधबार १३:३१

प्रकाश धौलाकोटी/चैत ९, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा गैर–सरकारी संस्थाहरुको जवाफदेहिता र सुशासन, सवलिकरण कार्यक्रम अन्तर्गत आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी तीन दिने तालिम बुधबारबाट सुरु भएको छ । 

गैरसरकारी संस्था महासंघ तेह्रथुम शाखाको आयोजनामा दलित सचेतना समाज नेपालको हलमा भइरहेको तालिममा गैरसरकारी संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणाली परिचय, महत्व, आवश्यकता, यसका तत्वहरु, आन्तरिक नियन्त्रणका प्रमुख नीति तथा प्रक्रियाहरु, पेश्की तथा कर्मचारी व्यवस्थापन, खरिद तथा बजेट व्यवस्थापन लगायत विषयमा छलफल भइरहेको छ । 

जिल्लाका विभिन्न गैरसरकारी संस्थाहरुका ३० जना सहभागी तालिममा गैसस महासंघका श्रोतव्यक्ति सरोज भुजेल र प्रवीणनारायण श्रेष्ठले सहजीकरण गरेका छन् । तालिम सहभागीलाई प्रमाण पत्र वितरण गर्दै शुक्रबार सकिने गैरसरकारी संस्था महासंघ तेह्रथुमका सचिव सन्तोष तिगेलाले जानकारी दिनुभयो । 

तालिमको उद्घाटन कार्यक्रममा गैसस पुर्वान्चल समितिका सहसचिव अर्जुन ढुंगाना, नागरिक समाज तेह्रथुमका अध्यक्ष तुलसी संग्रौला र गैसस तेह्रथुमका अध्यक्ष अनुभूतिबम नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिमले जिल्लाका गैरसरकारी संस्थाहरुको क्षमता विकासमा महत्वपुर्ण सहयोग पुग्ने अध्यक्ष नेपालीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते