पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषध नियन्त्रण गर्न नागरिक र प्रहरी विच हातेमालो गर्दैछ । प्रहरीले जनसमुदायसँग सुमधुर सम्वन्ध स्थापित गर्ने अभियानकै पछिल्लो रुपमा जिल्ला लागुऔषध नियन्त्रण समिति गठन भएको छ ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषध नियन्त्रण गर्न नागरिक र प्रहरी विच हातेमालो गर्दैछ । प्रहरीले जनसमुदायसँग सुमधुर सम्वन्ध स्थापित गर्ने अभियानकै पछिल्लो रुपमा जिल्ला लागुऔषध नियन्त्रण समिति गठन भएको छ ।
<"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लागुऔषध नियन्त्रण गर्न नागरिक र प्रहरीको हातेमालो

१० चैत्र २०७३, बिहीबार ०४:१०

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषध नियन्त्रण गर्न नागरिक र प्रहरी विच हातेमालो गर्दैछ । प्रहरीले जनसमुदायसँग सुमधुर सम्वन्ध स्थापित गर्ने अभियानकै पछिल्लो रुपमा जिल्ला लागुऔषध नियन्त्रण समिति गठन भएको छ ।


जिल्ला प्रहरी कार्यालयको सभाहलमा बुधवार सम्पन्न भएको सरोकारवालाहरुको छलफल पछि यो समितिको गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि संयोजक रहने गरी जिल्लामा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सदस्य रहने छन् ।समितिमा जिल्ला स्वास्थ्य कार्यालयबाट अहेव लक्ष्मण उपाध्याय, जिल्ला शिक्षा कार्यालय विद्यालय  निरीक्षक झलकनाथ आचार्य, पत्रकार महासंघ पर्वत उपाध्यक्ष प्रनिश गिरी, सामुदायिक प्रहरी कुश्मा अध्यक्ष मानकुमारी गिरी, जनकल्याण सामुदायिक महिला समूह शान्ति आचार्य, रोट¥याक्ट क्लव पर्वत अध्यक्ष आरसी पौडेल सदस्य रहेका छन् ।


लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न समुदायको सहयोग र सहकार्यमा मात्र सम्भव हुने हुनाले नागरिक समाज र प्रहरी विच हातेमालो गर्न लागिएको डिएसपी शेखर खनालले बताए ।


 लागुऔषधका कारण व्यक्तिको ज्यान जाने मात्र नभई सवैखाले अपराधलाई समेत बढावा दिने हुँदा प्रहरी संगठन नागरिकसँग मिलेर अगाडि बढ्न थालेको डिएसपी खनालको तर्क छ । कार्यक्रममा       प्रहरी निरीक्षक लिलाराज लामिछाने लगायतको सहभागीता थियो । समितिले लागुऔषध नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमलाई शसक्त ढंगले लैजाने बताइएको       छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प