पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषध नियन्त्रण गर्न नागरिक र प्रहरी विच हातेमालो गर्दैछ । प्रहरीले जनसमुदायसँग सुमधुर सम्वन्ध स्थापित गर्ने अभियानकै पछिल्लो रुपमा जिल्ला लागुऔषध नियन्त्रण समिति गठन भएको छ ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषध नियन्त्रण गर्न नागरिक र प्रहरी विच हातेमालो गर्दैछ । प्रहरीले जनसमुदायसँग सुमधुर सम्वन्ध स्थापित गर्ने अभियानकै पछिल्लो रुपमा जिल्ला लागुऔषध नियन्त्रण समिति गठन भएको छ ।
<"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लागुऔषध नियन्त्रण गर्न नागरिक र प्रहरीको हातेमालो

२०७३, १० चैत्र बिहीबार ०४:१०

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषध नियन्त्रण गर्न नागरिक र प्रहरी विच हातेमालो गर्दैछ । प्रहरीले जनसमुदायसँग सुमधुर सम्वन्ध स्थापित गर्ने अभियानकै पछिल्लो रुपमा जिल्ला लागुऔषध नियन्त्रण समिति गठन भएको छ ।


जिल्ला प्रहरी कार्यालयको सभाहलमा बुधवार सम्पन्न भएको सरोकारवालाहरुको छलफल पछि यो समितिको गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि संयोजक रहने गरी जिल्लामा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सदस्य रहने छन् ।समितिमा जिल्ला स्वास्थ्य कार्यालयबाट अहेव लक्ष्मण उपाध्याय, जिल्ला शिक्षा कार्यालय विद्यालय  निरीक्षक झलकनाथ आचार्य, पत्रकार महासंघ पर्वत उपाध्यक्ष प्रनिश गिरी, सामुदायिक प्रहरी कुश्मा अध्यक्ष मानकुमारी गिरी, जनकल्याण सामुदायिक महिला समूह शान्ति आचार्य, रोट¥याक्ट क्लव पर्वत अध्यक्ष आरसी पौडेल सदस्य रहेका छन् ।


लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न समुदायको सहयोग र सहकार्यमा मात्र सम्भव हुने हुनाले नागरिक समाज र प्रहरी विच हातेमालो गर्न लागिएको डिएसपी शेखर खनालले बताए ।


 लागुऔषधका कारण व्यक्तिको ज्यान जाने मात्र नभई सवैखाले अपराधलाई समेत बढावा दिने हुँदा प्रहरी संगठन नागरिकसँग मिलेर अगाडि बढ्न थालेको डिएसपी खनालको तर्क छ । कार्यक्रममा       प्रहरी निरीक्षक लिलाराज लामिछाने लगायतको सहभागीता थियो । समितिले लागुऔषध नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमलाई शसक्त ढंगले लैजाने बताइएको       छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति