२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पथरी दुर्घटनाका तीनजनाको सनाखत

१० चैत्र २०७३, बिहीबार ०७:२६

चैत १०, मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी र कानेपोखरी सडकखण्डमा पर्ने छधारेमा गएराति बस दुर्घटना हुँदा चारजनाको मृत्यु र १९ जना घाइते भएकोमा तीन जनाको सनाखत भएको छ । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार घटनामा मोरङको लेटाङ–३ का मोटरसाइकल चालक तिलक लिम्बू र मोटरसाइकलमा सवार देवेन्द्र लिम्बू तथा बसमा सवार झापाका पुरुषोत्तम सुवेदी र नाम नखुलेकी एक महिलाको मृत्यु भएको छ । 

घाइते हुनेमा इलाम सूर्योदयकी बबिता विक, कोरोबारी झापाका रोशन मण्डल, सतन इम्बू, सुनिता टुडु, सतुवा हैमरन, गौरीगन्ज झापाका सन्तोष माझी, किशोर चौधरी, लिलबहादुर भट्टराई, मनिष भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरीगन्ज झापाकै दिलीप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा रहेका छन् 

यसैगरी, अन्य घाइतेमा सिक्किम भारतकी मित्रावती भट्टराई, नारायणप्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल रानामगर, उत्तर प्रदेश भारतका इशर अली र पथरी मोरङका रामकुमार राई रहेका छन् । 

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार काँकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको मुक्तिनाथ डिलक्स बसको अगाडिको टायर पड्किएर दुर्घटना भएको हो । 

टायर पड्किएर अनियन्त्रित भएको बसले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिई सडकको उत्तरतर्फ पल्टिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित