२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा स्वास्थ्य बिमा लागू भयो, तर जनता अनभिज्ञ

१० चैत्र २०७३, बिहीबार ०७:३६

विनोदसिंह बिष्ट/चैत १०, बैतडी । सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको भए पनि बैतडीका ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य बिमाबारे अनभिज्ञ रहेका छन् । 

स्वास्थ्य बिमाबारे आफूलाई केही पनि थाहा नभएको बैतडीको शिवनाथ गाउँपालिका–१ की रमिता साउदले बताउनुभयो । उहाँले उल्टै सोध्नुभयो “स्वास्थ्य बिमा भनेको के होे ?” 

शिवनाथ गाउँपालिका–१ कै पदमसिंह चांडले पनि स्वास्थ्य बिमाबारे आफू अनभिज्ञ रहेको बताउनुभयो । “स्वास्थ्य बिमा, स्वास्थ्य बिमा भनेर भन्छन् के हो भनेर बुझ्न सकेको छैन ।” 

गरिब नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन यसको बारेमा प्रचारप्रसार गर्नुपर्ने भएपनि प्रचारप्रसार पनि नभएको पाइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय बैतडीले स्वास्थ्य बिमा कार्यकर्ता गाउँगाउँमा पठाएको भएपनि आफूकहाँ कोही पनि नआएको शिवनाथका स्थानीय रुपसिंह साउदको भनाइ रहेको छ । सबैभन्दा पहिले त स्वास्थ्य बिमा गर्न के गर्नुपर्छ, उहाँले भन्नुभयो “हाम्रो यहाँ कोही पनि स्वास्थ्य बिमा गर्ने मान्छे आएको छैन ।” 

सरकारले गत वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि बैतडीमा भने यो वर्ष मात्रै सञ्चालनमा आएको हो । गरिबका लागि उपचार गर्न समस्या नहोस् भनेर ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम ग्रामीण क्षेत्रका नागरिकसम्म पुग्न नसकेको हो । स्वास्थ्य बिमा ग¥यो भने के हुन्छ ? बैतडीका स्थानीय कलवीर सार्कीले भन्नुभयो “गरिबका लागि ल्याइएको भए हामी पनि गथ्र्यौँ ।” 

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले स्वास्थ्य दर्ता सहायक जिल्लाभरि नै खटाएको बताउनुभयो । ग्रामीण क्षेत्रका नागरिकसम्म पुग्न नसकेको र यसका लागि पहल गरिरहेका छाँै, उहाँले भन्नुभयो “ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य बिमाको बारेमा ज्ञान दिइन लागिएको छ ।” 

साविकका प्रत्येक गाविस र नगरपालिकाका वडामा आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित दुईजनासम्म बिमा दर्ता सहायक खटाई काम भइरहेको बताइएको छ । 

प्रत्येक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र अन्य सरोकारवालालाई जानकारी गराई गरिब नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन प्रचारप्रसार भइरहेको समेत डा अवस्थीले बताउनुभयो । 

सरकारले सुदूरपश्चिमका बैतडी र अछामसहित यस वर्ष थप २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष कैलाली, बागलुङ र इलामबाट बिमा कार्यक्रम सुरु गरिएको थियो । 

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रत्येक घरधुरीका सदस्यले प्रतिव्यक्ति रु ५०० एक वर्षका लागि बिमा गर्नुपर्ने, सोही वर्ष कोही सदस्य बिरामी भएमा रु ५० हजार बराबरको उपचार खर्च सरकारले व्यहोर्ने प्रावधान रहेको छ । 

बैतडीको हकमा स्वास्थ्य बिमा गरेबापत जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, पाटन र प्राथमिक स्वास्थ्य केन्द्र, मेलौलीबाट स्वास्थ्य सेवा लिन सकिने बताइएको छ । 

बैतडीमा हालसम्म ७३१ महिला र ७२४ महिला गरी १,४५५ जनाले स्वास्थ्य बिमा गरेका छन् भने ३२ जनाले बिमा पछि सेवा लिएका छन् । यो वर्ष स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न सरकारले रु दुई अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । 

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, इलेक्ट्रो कार्डियोग्राफी, डे«सिङ, घाउ चिरफार, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सीमासम्म निःशुल्क उपचार हुन्छ । 

यसका साथै मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसूति, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधि, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मिर्गाैला, स्पाइनल तथा हाड इन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाइमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली