Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

इलाममा एकसय ४४ वटा मतदानस्थल, कहाँ कति मतदानस्थल ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १०, इलाम । जिल्लाका १० वटा स्थानीय निकायमा स्थानीय निकायको निर्वाचनका लागि १४४ वटा मतदानस्थल निर्धारण गरिएको छ ।

मतदान केन्द्र सिफारिस समितिले जिल्लाभर १४४ वटा मतदानस्थल निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्लेले बताउनुभयो ।

जिल्लाका छ वटा गाउँपालिका र चार नगरपालिका गरी १० वटा नयाँ स्थानीय निकायका संरचनामध्ये इलाम नगरपालिकामा २४ वटा, सूर्याेदय नगरपालिकामा २१ वटा, माई नगरपालिकामा ११ वटा र देउमाई नगरपालिकामा १८ वटा मतदानस्थल निर्धारण गरिएको छ ।

यसैगरी, चुलाचुली गाउँपालिकामा नौवटा, फाक्फोकथुम गाउँपालिकामा १४ वटा, रोङ गाउँपालिकामा १३ वटा, माङसेबुङ गाउँपालिकामा १० वटा, माइजोगमाई गाउँपालिकामा ११ वटा र सन्दकपुर गाउँपालिकामा १३ वटा मतदानस्थल निर्धारण गरिएको छ ।

संविधानसभाको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा १८ वटा मतदानस्थल बढी कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस