२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

गरिबीले उपचार नहुँदा युवक खोरभित्र

१० चैत्र २०७३, बिहीबार ०७:४९

हरिकुमार राई/चैत १०, उदयपुर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी नगरपालिका–१ शिखरपुरमा गरिबीका कारण उपचार हुन नसक्दा एक मानसिक सन्तुलन गुमाएका युवक घरको आँगन नजिकैको खोरमा केही महिना यतादेखि निरन्तर थुनामा रहँदै आएका छन् । 

यसरी थुनामा रहेका युवक ३४ वर्षीय शिवराज विक रहेको कुरा स्थानीय धनराज विकले बताए । २०६५ साल अघिसम्म मानसिक रुपमा स्वस्थ रहेका शिवराज २०६५ को फागुन महिनातिर विस्तारै मानसिक सन्तुलन गुामाएपछि उनलाई घरपरिवारले सामान्य उपचार गर्दै आएका थिए । 

आर्थिक अभावका कारण शिवराजलाई अन्यत्र अस्पतालमा लगेर उपचार गर्न नसक्दा घरनजिकै खोर बनाएर राख्दै आएको स्थानीय धनराज विक बताउँछन् । 

केही आर्थिक सहयोग भएमात्र पनि शिवराजलाई अन्यत्र ठूला अस्पताल वा भारतमा लगेर उपचार गराउन सकिने भएता पनि खर्चको अभावमा अहिलेसम्म ठूला अस्पतालमा लगेर उपचार गराउन नसकिएको कुरा स्वयम् शिवराजका बुबा रामकुमार विकले बताउनुभयो । 

रामकुमार भन्नुहुन्छ, “घरको उत्पादनले राम्ररी गुजारा नै चल्दैन, ठूलो छोरो शिवराज आफैँ बर्बाद भयो, अर्को कान्छो छोरो पनि काठमाडौँतिर मजदुरी गरेर खान्छ, कसले खर्च दिन्छ र यो ठूलो छोरोको उपचार गराउनु, बडो समस्यामा छु ।” 

आफूहरु बूढाबूढीमात्र घरमा रहेको र आफूहरुको समेत हातखुट्टा चल्न कमजोर भइसकेकाले घरमा काम गरेर खुवाउने मान्छे समेत नहुँदा झनै छोराको उपचार हुन नसकेको शिवराजका बुबा रामकुमार विकले दुखेसो समेत गर्नुभयो । 

रु चार/पाँच लाखसम्म पनि आर्थिक सहयोग गर्ने दाता भए शिवराजको उपचार हुनसक्ने छिमेकीको समेत धारणा रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित