२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

ठिनीमा बन्यो थकाली सङ्ग्रहालय

१० चैत्र २०७३, बिहीबार ०७:५१

चैत १०, मुस्ताङ । थकाली समुदायको उद्गमबिन्दु मानिने मुस्ताङको ठिनी गाउँमा थकाली सङ्ग्रहालय निर्माण भएको छ । 

जिल्ला समन्वय समिति मुस्ताङको रु डेढ लाख सहयोग र थकाली समुदायको पहलमा ठिनी गाउँ नजिकै कोतघरमा सङ्ग्रहालय बनाइएको हो । 

सङ्ग्रहालयमा थकाली समुदायको परम्परागत कला संस्कृति र परम्परा झल्कने वेषभूषा, ऐतिहासिक दस्तावेज, देवीदेवताका तस्बिर, अग्रजले प्रयोग गरेका विभिन्न किसिमका हातहतियार समेत राखिएको छ । 

देशभर छरिएर रहेका थकाली समुदायको सभ्यताको विकास भएको ठाउँमा सङ्ग्रहालय स्थापना गरेर त्यसलाई थप विकसित बनाउँदै लैजाने सङ्ग्रहालयका अध्यक्ष रत्नबहादुर थकालीले जानकारी दिनुभयो । उहाँका अनुसार, सङ्ग्रहालयलाई पर्यटकीय दृष्टिकोणबाट समेत विकास गर्ने योजना बनाइएको छ । 

“पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई यहाँसम्म ल्याएर सङ्ग्रहालय भ्रमण गराउने योजना छ”, उहाँले भन्नुभयो, “त्यसो भयो भने हाम्रो पौराणिक कुराको अन्तर्राष्ट्रियस्तरमा समेत प्रचारप्रसार हुन्छ ।” 

सङ्ग्रहालय बुधबार उद्घाटन गर्दै सांसद श्रीमाया थकालीले सङ्ग्रहालय नयाँ पिँढीका लागि महत्वपूर्ण आकर्षण हुने बताउनुभयो । 

“हाम्रो कला संस्कृति हराउँदै गएको बेला यसले नयाँ पुस्तालाई जान्ने अवसर प्रदान गरेको छ । यसलाई अझै विस्तृतरुपमा विकास गर्दै लैजानुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सांसद विकास कोषबाट धेरथोर सहयोग गर्न म तयार छु ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४