१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

परिक्षा केन्द्र टाढा हुँदा स्वर्गद्धारी आश्रमका बटुकलाई परिक्षा दिन समस्या

११ चैत्र २०७३, शुक्रबार ०२:२६

शम्सेर विक्रम जिसी/चैत ११, प्यूठान । पहिलो पटक माध्यमिक शिक्षा परिक्षामा सहभागि भएका स्वर्गद्धारी आश्रमका वटुकहरुले परिक्षा केन्द्र आश्रम भन्दा टाढा हुँदा परिक्षा दिनमा समस्या भएको वताएका छन । 

दैनिक रुपमा स्वर्गद्धारी मन्दिरमा नित्यकर्म गरेर अध्ययनका लागि जाने वटुकहरुले परिक्षा केन्द्र आश्रमभन्दा टाढा हुँदा परिक्षा दिनमा पनि समस्या भएको वताएका हुन । हाल अमर मावि भिंगृवाट परिक्षा दिइरहेका वटुकहरुले परिक्षाकेन्द्र आश्रमकै तोकिएके भए सहजहुने समेत वताएका छन । 

हरेक दिन विहान पाठपुजा तथा नित्यकर्म गरि परिक्षा दिन जादा समस्याहुने गरेको भन्दै वटुक जनार्दन अधिकारीले स्वर्गद्धारी आश्रमै परिक्षा दिने ब्यबस्था भएको भए सहजहुने वताउनु भयो । हाल माध्यमिक शिक्षा परिक्षा एसईई दिइरहेका ६ जना वटुकहरु रोल्पाको चर्जुभुज नजिकै बसेर अमर मावि भिगृ परिक्षाकेन्द्रमा परिक्षा दिदै आएका छन । 

वटुकहरुलाई परिक्षामा सहजताका लागि अन्य विद्यार्थिको तुलनामा बिशेष ध्यान दिइएको भन्दै अमर मावि भिंगृका केन्द्रध्यक्ष गणेशप्रसाद शर्माले वटुकहरुको परिक्षामा आफुहरुले सहजिकरण गर्ने गरेको वताउनु भयो । 

संस्कृति भाषामा अध्ययन गर्दै आएका वटुकहरुले पछिल्लो समय बाल मावि स्वर्गद्धारीमा नेपाली भाषामा अन्य बिषयहरुको समेत अध्ययन गर्दै आएका छन । हाल वटुकहरुको खानपान तथा बसोबास अमर मावि भिगृ परिक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष बासुदेव खनालले गर्दै आउनु भएको छ । 

वटुकहरु प्रत्येक दिन नित्यकर्म सकि ३ किलोमिटर भन्दा धेरै हिडेर परिक्षा दिन जाने गरेको भिंगृवाट हाम्रा समाचारदाता झईन्द्र भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का