१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

एकसय ३५ वादी परिवारका घर निर्माण हुने

११ चैत्र २०७३, शुक्रबार ०६:३७

लोकेन्द्र खनाल/चैत ११, रुकुम । यहाँका एकसय ३५ वादी परिवारको घरबास निर्माण हुने भएको छ । 

लामो समयदेखि सार्वजनिक ठाउँमा बस्दै आएका वादी परिवारलाई सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा यस आवमा एकसय ३५ घरपरिवारका लागि घरबास निर्माण हुन लागेको हो । 

राष्ट्रिय समाचार समितिमा गत माघ २० गते ‘रुकुमका वादी परिवार घरबासविहीन’ शीर्षकको समाचार प्रकाशन भएपछि मन्त्रालयले जनता आवास कार्यक्रममार्फत घर निर्माण गर्न लागेको हो । आफ्नो घर र घर बनाउनका लागि जमिन नहुँदा लामो समयदेखि यहाँका वादी समुदाय खोलाका छेउमा र सार्वजनिक ठाउँमा बस्दै आएका थिए । 

घर निर्माणका लागि जमिन नभएका साबिकको पिपल गाविसका ११ घर वादी परिवारलाई सांसद गणेशमान पुनले संसद विकास कोषको रकमबाट एकसय वर्गमिटर जमिन खरिद गरिदिनुभएको छ । आफ्नो नाममा लालपुर्जा र घर सँगै पाएपछि वादी परिवार निकै खुसी भएका छन् । विगत ४० वर्षदेखि सार्वजनिक ठाउँमा बनाएको सानो छाप्रोमा बस्दै आएको पिपलका मनबहादुर वादीले लालपुर्जा र घर पाउने भएपछि निकै खुसी भएको बताउनुभयो । 

सानो भए पनि आफ्नो घरबास निर्माण हुने भएपछि वादी परिवार एउटा समस्याको समाधान भएको रुघा–२ का गोपाल वादीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण वादी परिवारले आफ्नो घरजग्गा बनाउन नसकेको वादी समुदायका अगुवाको भनाइ छ । 

जिल्लाका आठविसकोट, आठविसडाँडागाउँ, रुघा, पिपल, चौरजहारी नगरपालिकालगायत ठाउँमा वादी परिवारको बसोबास रहेको छ । दुईसय आठ घरधुरी रहेको वादी परिवारमा आठसय १६ जनसङ्ख्या रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का