चैत ११, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा दमकल सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि राजापुर र आसपासका क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ११, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा दमकल सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि राजापुर र आसपासका क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । 

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

राजापुर नगरपालिकामा दमकल सेवा सुरु

२०७३, ११ चैत्र शुक्रबार ०७:१२


चैत ११, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा दमकल सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि राजापुर र आसपासका क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । 

नेपाल सरकारबाट प्राप्त रु ६० लाख अनुदानबाट दमकल खरिद भई आएको राजापुर नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिनुभयो । अब यो सेवा सञ्चालन भएपछि राजापुरलगायत वरपरका जनतालाई आगलागीबाट हुने नोक्सान तथा ठूलो क्षतिबाट बच्न टेवा पु¥याउने उहाँले बताउनुभयो । 

उहाँले हालका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको आवश्यक समन्वयबाट सञ्चालन गरिने भएको र आवश्यक जनशक्तिको चाँडै नै व्यवस्थापन मिलाउने भएको बताउनुभयो । 

राजापुर क्षेत्रमा विगत केलाउने हो भने आगलागीबाट ठूलो क्षति हुने गरेको पाइन्छ । विशेषगरी चैत वैशाखमा हावाहुरीको कारण आगलागी हुने भएको हुँदा राजापुर नगरपालिका स्थापना भएदेखि नै स्थानीयवासीबाट दमकलको माग भइआएको र राजापुर नगरपालिकालगायत गेरुवा गाउँपालिका र नजिकको क्षेत्रमा दमकल आएपछि भवितव्यमा हुने आगलागीको ठूलो क्षतिबाट बच्न सकिने नेकपा (माओवादी केन्द्र) का दीपेश थारू ‘राजेश’ले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति