सलिम अन्सारी/चैत ११, प्यूठान । प्युठानमा निजि कार दुर्घट्ना हुँदा एकै परिवारका चार  सहित  ६ जनाको ज्यान गएको छ।दुर्घट्नामा ३ जना गम्भीर घाइते भएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/चैत ११, प्यूठान । प्युठानमा निजि कार दुर्घट्ना हुँदा एकै परिवारका चार  सहित  ६ जनाको ज्यान गएको छ।दुर्घट्नामा ३ जना गम्भीर घाइते भएका"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

अपडेटः प्यूठान जिप दुर्घटना: एकै परिवारका चार सहित ६ जनाको मृत्यु

११ चैत्र २०७३, शुक्रबार ०८:३४


सलिम अन्सारी/चैत ११, प्यूठान । प्युठानमा निजि कार दुर्घट्ना हुँदा एकै परिवारका चार  सहित  ६ जनाको ज्यान गएको छ।दुर्घट्नामा ३ जना गम्भीर घाइते भएका छन । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप  शुक्रबार बिहान पौने आठ बजे तिर  दुर्घट्नामा परेको हो । 

काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट झन्डै २ सय मिटर तल खसेर दुर्घटना हुँदा ललितपुर-१४ तिसेदेवलका दिनेश बस्नेत उनका छोरीहरु दिक्षा बस्नेत,पध्मा बस्नेत र दिया बस्नेतको ज्यान गएको हो । त्यस्तै सोही ठाउमा सुनिता श्रेष्ठ र श्रीष्ठी खत्रीको पनि घट्नास्थलमै ज्यान गएको प्रारम्भिक जानकारी प्युठान प्रहरिले दिएको छ । 

दुर्घट्नामा घाइते हुनेहरुमा जिप चालक सरोज घले सहित शुसिला बराल र अम्रीका गजुरेल रहेका छन । गम्भीर अबस्थामा रहेका घाइतेहरुको प्राथमिक स्वास्थय केन्द्र भिङ्रीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुट्वल रिफर गरिएको छ ।

जिपमा चालकसहित नौजना सवार रहेको प्रमूख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । ठाडो उकालो बाटोमा जिप ब्याक भएर  दुर्घट्ना भएको हुन सक्ने अनुमान प्रहरिले गरेको छ।

बिहीबार साँझ स्वर्गद्वारीको आधार शिविर भिङ्ग्रीमा आइबसेका तीर्थालु मन्दिर दर्शनका लागि आज स्वर्गद्वारी जाँदै गरेका थिए । 

 दुर्घट्ना पश्चात जिल्लाबाट प्रजिअ, प्रहरी प्रमुख र नागरिक समाजको टोली घट्नास्थल पुगेका थिए । नेपाली सेना, प्रहरी टोली र स्थानीयवासीले  मृतक तथा घाइतेहरुको उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का