सलिम अन्सारी/चैत ११, प्यूठान । प्युठानमा निजि कार दुर्घट्ना हुँदा एकै परिवारका चार  सहित  ६ जनाको ज्यान गएको छ।दुर्घट्नामा ३ जना गम्भीर घाइते भएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/चैत ११, प्यूठान । प्युठानमा निजि कार दुर्घट्ना हुँदा एकै परिवारका चार  सहित  ६ जनाको ज्यान गएको छ।दुर्घट्नामा ३ जना गम्भीर घाइते भएका"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

अपडेटः प्यूठान जिप दुर्घटना: एकै परिवारका चार सहित ६ जनाको मृत्यु

२०७३, ११ चैत्र शुक्रबार ०८:३४


सलिम अन्सारी/चैत ११, प्यूठान । प्युठानमा निजि कार दुर्घट्ना हुँदा एकै परिवारका चार  सहित  ६ जनाको ज्यान गएको छ।दुर्घट्नामा ३ जना गम्भीर घाइते भएका छन । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप  शुक्रबार बिहान पौने आठ बजे तिर  दुर्घट्नामा परेको हो । 

काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु चढेको गाडी स्वर्गद्वारीभन्दा तीन किमी अगाडि रुमाले भन्ने ठाउँमा सडकबाट झन्डै २ सय मिटर तल खसेर दुर्घटना हुँदा ललितपुर-१४ तिसेदेवलका दिनेश बस्नेत उनका छोरीहरु दिक्षा बस्नेत,पध्मा बस्नेत र दिया बस्नेतको ज्यान गएको हो । त्यस्तै सोही ठाउमा सुनिता श्रेष्ठ र श्रीष्ठी खत्रीको पनि घट्नास्थलमै ज्यान गएको प्रारम्भिक जानकारी प्युठान प्रहरिले दिएको छ । 

दुर्घट्नामा घाइते हुनेहरुमा जिप चालक सरोज घले सहित शुसिला बराल र अम्रीका गजुरेल रहेका छन । गम्भीर अबस्थामा रहेका घाइतेहरुको प्राथमिक स्वास्थय केन्द्र भिङ्रीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुट्वल रिफर गरिएको छ ।

जिपमा चालकसहित नौजना सवार रहेको प्रमूख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । ठाडो उकालो बाटोमा जिप ब्याक भएर  दुर्घट्ना भएको हुन सक्ने अनुमान प्रहरिले गरेको छ।

बिहीबार साँझ स्वर्गद्वारीको आधार शिविर भिङ्ग्रीमा आइबसेका तीर्थालु मन्दिर दर्शनका लागि आज स्वर्गद्वारी जाँदै गरेका थिए । 

 दुर्घट्ना पश्चात जिल्लाबाट प्रजिअ, प्रहरी प्रमुख र नागरिक समाजको टोली घट्नास्थल पुगेका थिए । नेपाली सेना, प्रहरी टोली र स्थानीयवासीले  मृतक तथा घाइतेहरुको उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति