साविकको ढाँकाडम गाविसलाई पुर्न खोेपयुक्त घोषना गरिदै

Posted on: 25 Mar, 2017

खकेन्द्र केसी 

चैत १२ सल्यान 

सल्यानमा खुल्ला दिसामुत्त, साक्षर जिल्ला घोषना भए सँगै अहिले विभिन्न ठाउँमा खोपयुक्त क्षेत्र घोषना कार्यक्रम चलिरहेको छ । 

त्यस्तै आज दार्मां गाउँपालीका वडा नं. ५ र ६ साविकको ढाँकाडम गाविस लाई पुर्न खोेपयुक्त वडा घोषना गरिदै छ । 

साविकको गाविसमा रहेका सबै बालबालीकाहलाई खोप दिईसकेकोले पूर्ण खोपयुक्त  वडा गर्न लागिएको स्वस्थ्य चौकी ढाँकाडमका प्रमुख यज्ञ बहादुर वस्नेतले बताएका छन् । 

केहिबेर पछि साविकको गाविस कार्यलय त्रिवेनीमा हुने कार्यक्रमा जिल्ला स्थित विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनीधिहरु तथा स्थानीय बासीको सहभागी हुने बताएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!