२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

जल्पामा खेलकुद तथा साँस्कृतिक महोत्सब हुने

१२ चैत्र २०७३, शनिबार ०३:३४

सुवास विश्वकर्मा/चैत १२,  पाल्पा । नव वर्ष २०७४ सालको अवसरमा पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामा खेलकुद तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।

स्थानीय स्तरमा हराउँदै गएका लोक, कलासंस्कृतिलाई संरक्षण गर्ने र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले जल्पा वडा कार्यालयको सहयोग, जल्पा युवा तथा खेलकुद मञ्च र जनसेवा युवा समुह जल्पाको संयुक्त आयोजनामा महोत्सव हुने भएको हो ।

बैशाख १ गतेदेखि ३ गतेसम्म हुने महोत्सवमा स्थानीय घाटु, मारुनी, कौरा, सालैजो, झाम्रे नाच, भजन कृर्तन, मगरी भेषभुषा कला संस्कृति प्रर्दशन र महिला पुरुष भलिवल तथा तेक्वाण्डोका खेल प्रर्दशन गरिने जल्पा युवा तथा खेलकुद मंचका अध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो । 

आयोजक समितिले उपसमिति बनाएर महोत्सवको तयारी तीब्र पारेको छ । विष्णु सारुको संयोजकत्वमा साँस्कृतिक तथा स्वयमसेवक समिति, लेखकुमार सारुको संयोजकत्वमा खेलकुद समिति, डोलबहादुर विकको संयोजकत्वमा प्रचारप्रसार समिति बनाएर तयारीलाई अगाडि बढाएको सारुले जानकारी दिनुभयो । 

यसैबीच खुल्ला भलिवल खेल प्रतियोगीता समेत रहने छ । खुल्ला पुरुष भलिवल खेलमा प्रथम पुरस्कार २२ हजार, दोस्रो १५ हजार र तेस्रो पुरस्कार १० हजार रहने र समुह दर्ता शुल्क २ हजार राखिएको खेल संयोजक लेखकुमार सारुले जानकारी दिनुभयो । महोत्सवको निशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु