२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा वन क्षेत्र अतिक्रमण वृद्धि

२०७३, १२ चैत्र शनिबार ०६:५६

चैत १२, नवलपरासी । विभिन्न सङ्घसंस्था र व्यक्तिबाट यहाँ करिब पाँच हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । 

जिल्ला वन कार्यालय नवलपरासीका अनुसार राजमार्ग आसपासका क्षेत्र कावासोती, सुनवल, अरुण खोला, दाउन्ने, ज्यामिरे, चोरमारा, डन्डालगायत स्थान बढी मात्रामा अस्पताल, विद्यालय, विभिन्न सङ् संस्था र व्यक्तिले अतिक्रमण गरेको जिल्ला वन कार्यालयले जनाएको छ।

वन क्षेत्र अतिक्रमण बढेपछि रोक्नका लागि प्रयास गरिए पनि राजनीतिक हस्तक्षेपले अवरोध गरेको कार्यालय स्रोतको भनाइ छ । वन क्षेत्र अतिक्रमण गर्नेलाई वन अतिक्रमण रणनीति २०६८ अनुसार कारबाही गर्ने प्रक्रिया अगाडि बढाइने योजना कार्यालयले अघि सार्ने भएको छ ।

प्रजिअको संयोजकत्वमा हुने समितिमा स्थानीय राजनीतिक संयन्त्रका प्रतिनिधिसमेत हुने र अतिक्रमण गर्ने कुनै न कुनै दलसँग आबद्ध हुने हुँदा रोक्न असम्भव भएको हो । त्यस क्षेत्रमा राजमार्गको छेउमा जग्गाको मूल्याङ्कन समेत बढी हुँदा जग्गा किन्नभन्दा पनि वनको क्षेत्र ओगट्नतर्फ सक्रियता बढेको पाइएको कार्यालयले जनाएको छ ।

वन अतिक्रमण रोक्न राजनीतिक दलको सहयोग नहँुदासम्म असम्भव रहेको छ । सुरुमा बजार विस्तारका नाममा कच्ची टहरा बनाएर वन क्षेत्र अतिक्रमण गरेर बसेकाहरु पछि पक्की घर बनाएर बस्न थालेको पाइएको छ ।

चोरमारा र अरुण खोलामा वन क्षेत्र अतिक्रमण गरी पक्की घर टहरा बनाएर बसेकालाई सुकुम्बासी समस्या समाधान आयोगले अव्यवस्थित बसोबास भन्दै यसअगावै पुर्जा बाँडिसकेको थियो । चोरमारा र अरुण खोलामा मात्रै झन्डै सय अतिक्रमित पक्की घर भएको र ती सबैलाई मनशोभा पाण्डे अध्यक्ष रहेको आयोगले पुर्जा दिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति