विमल धामी/चैत १२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको मुटुमा रहेको चवन्नी वजारमा पहिलो पटक सरसफाई र फोहोर मलाई डस्टवीन राखिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी/चैत १२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको मुटुमा रहेको चवन्नी वजारमा पहिलो पटक सरसफाई र फोहोर मलाई डस्टवीन राखिए"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चवन्नी वजारमा पहिलो पटक डस्टवीन र सरसफाई

२०७३, १२ चैत्र शनिबार १३:०६


विमल धामी/चैत १२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको मुटुमा रहेको चवन्नी वजारमा पहिलो पटक सरसफाई र फोहोर मलाई डस्टवीन राखिएको छ । 

बेल्डाँडी गाउँपालिका स्तरिय युवा समुहको आयोजनामा चवन्नी वजार ब्यवस्थापन समिति, बेल्डाँडी गाउँपालिका कार्यालय, इलाका प्रहरी कार्यालय, सुआहार–२, लगायत बेल्डाँडीका स्थानियहरुको सहयोगमा “आफ्नो ठाउँ आफै वनाउँ बेल्डाँडी लाई सफा राखौँ” भन्ने मुल नाराका साथ  सरसफाई कार्यक्रम गरिएको बेल्डाँडी युवा समुहका संयोजक लक्ष्मी जैसीले जानकारी गराउनु भयो ।

 बेल्डाँडीमा युवा समुह गठन भए यता विभिन्न काम गर्दै आएको जानकारी गराउदै भन्नु भयो यस वजारमा आजका दिन सम्म फोहर ब्यावस्थापन हुन नसकेको कारणले युवा समुहको सामुदायिक विकास क्रियाकलाप अन्र्तगत सनिवार सरसफाई कार्यक्रम गर्नुका साथै वजारमा ७ वटा डस्टवीन राखेको जानकारी दिनु भयो ।

सरसफाई कार्यक्रममा बोल्दै चवन्नी वजार ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष नन्दकिसोर एसकेले  युवाहरु लाई धन्यवाद दिदै युवाहरुले सुतेका ब्यापारीहरु लाई विउझाईदिएको जानकारी गराउनु भयो । उनले भने आफुहरुले डस्टवीन राख्ने पटक पटक प्रयास गर्दा समेत अहिले सम्म डस्टवीन राख्न नसकिएको बताए । 

अवका केहि दिनमा यस वजारलाई सरसफाईका हिसावले पुर्ण सरफाई वजार बनाउने प्रतिवद्धता समेत ब्यक्त गरे । सुआहारा–२ का सरसफाई अधिकृत सरस्वतीपुरी वमले भने ‘ बेल्डाँडी लाई पुर्ण रुपले सरसफाई बनाउन सबै युवाहरु मिल्नु पर्नेमा जोड दिए ।

चवन्नीका ब्यापारी लगायत सर्वसाधारण युवाहरुको यस्तो काम देख्दा हर्षित भएका थिए । 

। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति