१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा नयाँ शहरका लागि १ सय ३० रोपनी जग्गा खरिदको लागि सिफारिस

१२ चैत्र २०७३, शनिबार १३:१८

कृष्ण कँडेल/चैत १२, बागलुङ । बुर्तिबाङ नगरबिकास समिति अन्तरगतको जग्गा छनोट समन्वय समितिले आएका निबेदनको अध्ययन गरि झण्डै १ सय ३० रोपनी जग्गा जग्गा छनोट गरेर समितिमा सिफारिस गरेको छ ।

बुर्तिबाङ नगरविकास समिति माताहत गठन गरिएको जग्गा छनोट समन्वय समितिका संयोजक दलबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले ढोरपाटन नगरपालिका वडा नम्बर–१ भब्रेटा र वडा नम्बर–३ पुरकोटको जग्गा खरिदको प्रक्रियामा लैजान सिफारिस गरेको हो ।  

बुर्तिबाङ नगरविकासका लागि खरिद गर्न भब्रेटाको ५१ रोपनी र पुरकोटको झण्डै ८१ रोपनी जग्गा खरिदका लागि उपयुक्त भएको निष्कर्ष सहित खरिदको प्रक्रिया अघि बढाउन नगरविकास समितिमा सिफारिस गर्ने निर्णय भएको बुर्तिबाङ नयाँ शहर आयोजना प्रमुख प्रबिणप्रताप अधिकारीले जानकरी दिनुभयो । 

आयोजना प्रमुख अधिकारीले विभिन्न ठाउँबाट आएका निबेदनको अध्ययन गरि दुबै ठाउँको जग्गा गरिद गर्न उपयुक्त ठहराई कानुनी प्रक्रिया पुरा गरेर खरिद गर्न नगरविकास समितिलाई सिफारिस गर्ने निर्णय भएको बताउनुभयो ।

यसअघि बुर्तिबाङ नगरविकास समिति मार्फत नयाँ शहर आयोजनाका लागि कुतथाप्लामा १५ रोपनी र भब्रेटामा ३५ रोपनी जग्गा खरिद भईसकेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर–२ कुतथाप्लामा रहेको १५ रोपनी जग्गामा अहिले बुर्तिबाङ नगरविकास समिति र नयाँ शहर आयोजनाको भवन निर्माणको काम भर्खरै सुरु भएको छ ।  

नयाँ सहर आयोजना अन्तरगत भईरहेका विकास निर्माणको काम अनुगमन समितिका संयोजक समेत रहनुभएका दल भण्डारीको अध्यक्षताको बैठकले बुर्तिबाङ बजारका विभिन्न ठाउँमा भएका सडक विस्तार तथा ढल व्यवस्थापनको काम नियमित नभएको भन्दै सम्बन्धित निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न ताकेता गर्ने निर्णय समेत भएको छ । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का