१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा तीन महिनाको अबधिमा १४ सयले गराए स्वास्थ्य बिमा

१३ चैत्र २०७३, आईतवार ०६:३७

चैत १३, बैतडी । सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको तीन महिनाको अवधिमा बैतडीमा १ हजार चार सयभन्दा बढीले स्वास्थ्य बिमा गराएका छन् । 

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउदका अनुसार पुसको पहिलो सातादेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा १ हजार ४ सय ६१ जनाले नाम दर्ता गराएका छन् । “स्वास्थ्य बिमा गराउन जिल्लाभर दर्ता सहयोगी खटाएका छौं,” साउदले भन्नुभयो – “स्वास्थ्य बिमा गराएकामध्ये ५७ जनाले सेवा लिइसकेका छन् ।” 

यसमध्ये ४५ जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट, ३ जनाले पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट र ९ जनाले डडेल्धुरा उपक्षेत्रीय अस्पतालबाट सेवा लिएका हुन् । 

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ५ जनासम्मको परिवारले वार्षिक रुपमा रु दुई हजार ५ सय तिरेमा रु ५० हजार बराबरको उपचार खर्च सरकारले व्यहोर्ने प्रावधान रहेको छ । पाँचजना भन्दा बढी भएमा ४ सय २५ का दरले थप रकम तिरी अधिकतम रु १ लाखसम्मको उपचार खर्च पाउन सक्ने प्रावधान रहेको छ । 

बैतडीमा स्वास्थ्य बिमाबारे जानकारी गराउन ७० जना दर्ता सहयोगी रहेका छन् । स्वास्थ्य बिमा गराइसकेका बैतडीका स्थानीय बासिन्दाले जिल्लाको हकमा जिल्ला अस्पताल पाटन, प्राथमिक स्वास्थ्य केन्द्र केशरपुर, स्वास्थ्य केन्द्र गोकुलेश्वर र उपक्षेत्रीय अस्पताल डडेल्धुराबाट सेवा लिनसक्ने बताइएको छ । 

सरकारले सुदूरपश्चिमका बैतडी र अछामसहित यस वर्ष थप २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष कैलाली, बाग्लुङ र इलामबाट बिमा कार्यक्रम सुरु गरिएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का