१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बिमा गराउने किसानको सङ्ख्या छ सयभन्दा बढी

१३ चैत्र २०७३, आईतवार ०८:४२

चैत १३, कञ्चनपुर । खेतीमा हुने सम्भावित जोखिमबाट जोगाउने उद्देश्यले कञ्चनपुरका ६४७ किसानले बाली बिमा गराएका छन् । 

कृषि विकास कार्यालयका अनुसार हालसम्म केरा खेतीमा १२८, उखु खेतीमा ४२६, धान खेतीमा ८९ र माछामा चार गरी ६४७ किसानले बिमा गराएका हुन् । 

केरामा रु दुई करोड २९ लाख ९९ हजार, उखुमा रु १८ लाख ३९ हजार दुई सय, धानमा रु २३ लाख ९९ हजार र माछामा रु ८३ लाख २६ हजार गरी कुल रु तीन करोड ५५ लाख ९७ हजार दुई सय बराबरको बिमा गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । 

“विसं २०७१ देखि केरा र उखुमा खेतीको जोखिम न्यूनीकरण गर्नका लागि किसानले बिमा गराउँदै आए पनि आव २०७२÷७३ देखि मात्रै किसानले चैतेधान र माछामा पनि बिमा गराएका हुन्” – अधिकृत जोशीले भन्नुभयो । 

खेतमा लगाइएको बालीमा आगलागी, चट्याङ, भूकम्प, बाढी, खडेरी, आँधिबेरी, रोगकिरा, जङ्गली जनावर र विषादीबाट हानिनोक्सानी भए बिमा गरिएको बालीको बिमा कम्पनीले क्षतिको मूल्याङ्कन गरी ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था छ । बिमा गरिएको रकममध्ये २५ प्रतिशत कृषकले र ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने व्यवस्था छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का