१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

गाँउमा क्यारमबोर्ड व्यापारी बढेपछि बालबालिकाको पढाई बिग्रियो

१४ चैत्र २०७३, सोमबार ०७:०१

नन्नदराम जैशी/चैत्र १४, जुम्ला । पातारासी गाउँपालिका वडा नम्बर ४ र ५ मा क्यारमबोर्ड खेलाउने व्यापारीको संख्या बृद्धि हुदै गएपछि बालबालिकाको पढाईमा प्रत्यक्ष रुपमा असर परेको स्थानियले दावि गरेका छन् । 

पछिल्लो समय क्यारमबोर्ड खेलाउने व्यपारीको संख्या गाँउमा बृद्धिहुँदै गएपछि बालबालिकाको पढाई बिग्रिएको स्थानियले साझा सवालसँग गुनासो गरे । वडा नम्बर ४ र ५  डिल्लीचौर गाउँका बालबालिकको ध्यान पढाई भन्दा क्यारम बोर्ड मै जान थालेपछि अभिभावकहरु बैकल्पिक उपायको खोजीमा लागेका छन् । जुम्लामा यातायातको विस्तार तथा बढ्दो औद्योगिकरणको नराम्रो प्रभाव ग्रामिण क्षेत्रमा पनि देखिने थालेको छ । जसले गर्दा विद्यालय स्तरका बालबालिका यसबाट प्रत्यक्ष प्रभावित भएका हुन् । 

अहिले पातारासी गाउँपालिका वडा नम्बर ४ र ५ डिल्लीचौरमा क्यारम बोर्ड खेलाउने तथा संचालन गर्ने व्यपारीहरुको संख्या २० जना पुगेका छन् । क्यारम बोर्ड खेलाउनेहरुको संख्या बढेपछि समुदायमा रहेका अन्य अभिभावकहरु बालबालिकाको भविष्यलाई लिएर चिन्तित भएको स्थानिय विर्ख बहादुर बुढाले बताए । 

२०७२ सालमा स्थापना गरिएको बालअधिकार संरक्षण एवं सम्वद्र्धन समितिले यसको समाधानको लागि पहल थालेको छ । समितिको शुक्रबार बसेको बैठकले फस्टाउदो क्यारम बोर्ड व्यवसायलाई कम गर्न तथा बालबालिकोको भविष्यका लागि विभिन्न निर्णय गरेको छ ।        

 क्यारम बोर्ड व्यासाय संचालनकै कारण बालबालिकाको अध्ययनमा बाधा पुगेकोले पहिलो चरणमा व्यपारीलाई पत्रचार गर्ने, क्यारम बोर्ड बन्द गर्न व्यक्तिगत रुपमा अनुरोध गर्ने निर्णय गरिएको समितिका  सदस्य सचिव उषा बुढाले जानकारी दिए । 

उनले त्यसपछि पनि अटेर गरेमा समितिले क्यारम बोर्ड जफत गर्ने  र बाधा अवरोध सृजना भएमा डिल्लीचौर प्रहरीको सहयोग लिएर क्यारम बोर्ड नियन्त्रणमा लिने निर्णय गरिएको उहाँले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का