१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पीआरसीद्धारा दिल्लीबाट १५ वर्षे बालिकाको उद्धार

१५ चैत्र २०७३, मंगलवार १०:३७

माधव बेल्वासे/चैत्र १५, कपिलवस्तु । शान्ति पुनस्र्थापना गृह नेपालकी अध्यक्ष शान्ता सापकोटा नेतृत्वको टोलीले भारतको दिल्ली पुगी त्यहाको एक कोठीबाट १५ वर्षीय बालिकाको उद्धार गरेको छ । 

विचौलियाको प्रलोभनमा परी दुई वर्षअघि भारतको दिल्ली पु¥याइएकी एक नेपाली चेलीको शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले उद्धार गरी नेपाल फर्काएको हो । स्थानीय विद्यार्थीहरुकै अगुवाईमा बालिकाको उद्धार गर्न सफल भएको पीआरसी कृष्णनगर संयोजक भूमिराज भट्टराईले बताउनुभयो । 

बालिकालाई उद्धारका लागि पीआरसीका प्रोग्राम अफिसर मिना वि.क., विदेश विभाग संयोजक सुमन सापकोटा, पीआरसी कृष्णनगर संयोजक भूमिराज भट्टराई, चितवनकी महिला समाजसेवी बुद्धिमाया घले, हेल्पक्रस देहरादुनका विशाल थापा, बालिकाको अभिभावक, पीआरसी कर्मचारी काजल समेत ७ जनाको टोली नेपालबाट दिल्ली गएका थिए । 

उद्धार गरिएकी बालिका चितवनको एक विद्यालयमा कक्षा ६ मा पढ्दै थिईन। मकवानपुर घर भएका हाल चितवन बस्दै आएका उर्मिला तामाङ, सुकमाया तामाङ लगायतले त्यतिबेला १३ वर्षकी बालिकालाई सिलाईकटाई, ब्यूटीपार्लर तालिम दिई राम्रो जागिरमा लगाइदिने प्रलोभन देखाई दिल्ली पु¥याएको खुल्न आएको छ । 

विशेष सुराक पाएसँगै साताअघि अभिभावकसहित पीआरसी टोली दिल्ली पुगेको थियो ।उद्धारको टोलि आएका थाहा पाएपछि बालिकाहरुलाई ठाउसारी गरिसकेको थियो तर स्थानीय विद्यार्थीहरुको विशेष अगुवाईमा छापा मारी बालिकालाई उद्धार गर्न सफल भएको पीआरसी कृष्णनगर संयोजक भट्टराईले वताए । 

भट्टराईले भन्नुभयो – बालिकालाई उद्धार गर्ने क्रममा कोठी संचालकसग एकछिन झडप समेत भयो, तर हामि एक बालिकालाई मात्र उद्धार गर्न सफले भयौं, । कोठीमा चारसय बढी नेपाली चेलीहरुले नरकीय जीवन विताइरहेका भट्टराईले भन्नुभयो । नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, गोरखा लगायत स्थानका सोझासाझा चेलीहरुको जीवन कहालीलाग्दो रहेको उहाले जनाउनुभयो ।

बालिकाले दिएको बयान अनुसार उर्मिला तामाङ र सुकमाया तामाङले बालिकालाई दिल्ली लगी विक्री गरेका थिए । उर्मिला तामाङ केही वर्षपहिले नै मानव तस्करीकै घटनामा पक्राउ परिसकेकी छन् । तर सुकमाया तामाङ भने फरार रहेको बताइएको छ । घटनामा उनीहरुबाहेक अन्य विचौलियाको समेत संलग्नता रहेको पीआरसीले जनाएको छ । 

उद्धार गरिएकी बालिकालाई आइतबार राति चितवन ल्याइपु¥याएको भट्टराईले जानकारी दिनुभयो ।विचौलिया विरुद्ध चितवन प्रहरीमा जाहेरी दर्ता गराई विशेष खोज अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ । उद्धार गरिएकी बालिकालाई पीआरसीले पुनस्र्थापना केन्द्रमा राखी सीपमूलक कार्यमा लगाउने पीआरसी अध्यक्ष शान्ता सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का