कृष्ण कँडेल/चैत १५, बागलुङ ।  ढोरपाटन नगरपालिका वडा नम्बर–१ मा रहेको कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्रालीद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/चैत १५, बागलुङ ।  ढोरपाटन नगरपालिका वडा नम्बर–१ मा रहेको कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्रालीद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मे"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रेडियो बुर्तिबाङका रेडियो साथी सम्मानित

१५ चैत्र २०७३, मंगलवार १२:१०


कृष्ण कँडेल/चैत १५, बागलुङ ।  ढोरपाटन नगरपालिका वडा नम्बर–१ मा रहेको कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्रालीद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले उत्कृष्ट काम गर्ने दुईजना रेडियो साथीलाई सम्मान गरेको छ ।

मंगलबार रेडियोमा एक कार्यक्रमको आयोजना गरि गत ६ महिनाको अबधिमा रेडियोमा सक्रियातापुर्बक निरन्तर काम गर्ने रेडियो साथी मोहन बुढा मगर र सरिता गोतामेलाई सम्मान गरेको हो । 

रेडियोले स्थानिय स्तरबाट रिपोर्टिङ लगायतका काम गर्नका लागि भिन्न ठाउँमा रेडियो साथीलाई जिम्मेवारी दिएको छ । सम्मानित हुने मोहन बुढा मगर बाडिगाड गाउँपालिकाको दर्लिङ र सरिता गोतामे तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट रेडियो साथीको रुपमा काम गर्दै आएका छन् । 

दुबैजनालाई रेडियोका प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेलले मायाँको चिनो सहित डायरी तथा कलम प्रदान गरि खादा र अबिर लगाएर सम्मान गर्नुभएको थियो । रेडियो साथी क्लवमा नयाँ सदस्य कुम्बिर विश्वकर्मा र सृजना कुँबरलाई स्वागत पनि गरिएको छ । 

सो अबसरमा भएको रेडियो साथीको भेलाले रेडियो साथी क्लवको पुनर्गठन गरेको छ । अनिलकुमार विश्वकर्माको संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरिएको छ । सहसंयोजकमा विष्णु पौडेल, सचिबमा कुम्बिर विश्वकर्मा, सहसचिबमा कमला खनाल र कोषाध्यक्षमा ईन्द्रलाल रेग्मी रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेलले सञ्चार क्षेत्र सामाजिक उत्तरदायित्व सहितको पेशा भएको भन्दै सामाजिक समृद्धिलाई सहयोग पु¥याउने खालका सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा स्टेशनम्यानेज कृष्ण कँडेल, कार्यक्रम संयोजक योगेन्द्र विश्वकर्मा र रेडियो साथी क्लवका संयोजक अनिल कुमार विश्वकर्माले सहजिकरण गर्नुभएको थियो । 

सम्मानित हुनुभएका रेडियो साथी सरिता गोतामेले आगामि दिनमा अझै जिम्मेवार भएका काम गर्ने र पुनगर्ठित रेडियो साथी क्लवका संयोजक अनिलकुमार विश्वकर्माले सबैसाथीहरुलाई साक्रिय बनाई सञ्चार क्षेत्रमा अघि बढ्ने प्रतिबद्धाता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम रेडियो साथी क्लवका संयोजक अनिलकुमार विश्वकर्माको अध्यक्षता र सदस्य कमला खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।  

 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का