२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता कार्यक्रम

१६ चैत्र २०७३, बुधबार ०७:०३

चैत १६, बर्दिया । जनचेतनामूलक कार्यक्रममार्फत स्थानीयलाई सचेतना जगाउने उद्देश्यले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता नारासहित एकदिने भ्रष्टाचारविरुद्धको नागरिक सचेतना कार्यक्रम मंगलबार ठाकुरबाबा नगरपालिका–३, मानपुरमा सम्पन्न भएको छ । 

विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रममार्फत सचेतना जगाउनेक्रममा हिमालय सहकारी संस्था लिमिटेड, मानपुरको आतिथ्य र भ्रष्टाचार विरुद्ध नेपाल, काठामाडौँको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको हो । यसअघि बर्दियाको गुलरिया नगरपालिका र बाँसगढी नगरपालिकामा पनि भ्रष्टाचारविरुद्ध नेपाल, काठामाडौँको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भइसकेको छ । 

कार्यक्रममा विभिन्न पेशा तथा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुले विभिन्न सरकारी कार्यालयहरुमा काम लिएर जाँदा तोकिएको दस्तुरभन्दा बढी पैसा नदिई काम नहुने गरेको र जानाजानी आफूहरुले बाध्य भएर तोकिएकोभन्दा बढी शुल्क तिर्ने गरेको बताउँदै अब भने आफ्नो ठाउँबाट भ्रष्टाचारको विरुद्धमा आफूहरु उभिने बताएका छन् । 

कार्यक्रममा बोल्दै भ्रष्टाचारविरुद्ध नेपालका केन्द्रीय अध्यक्ष रामकुमार ठाकुरले संविधानमा भ्रष्टाचारलाई बढावा दिनेखालका केही त्रुटीहरु भएको बताउँदै संविधानले पनि भ्रष्टाचारलाई बढावा दिएको र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको बताउनुभयो । 

कार्यक्रममा भ्रष्टाचारविरुद्ध नेपालका केन्द्रीय अध्यक्ष ठाकुर, जिल्ला कोषाध्यक्ष तुलकुमारी केसी, अभियानका सहभागीहरु केशव योगी, राधा मानन्धर, प्रविनराज श्रेष्ठ, शिवकुमार अधिकारी, हिमालय सहकारी संस्था लिमिटेडका अध्यक्ष घननारायण श्रेष्ठलगायतले आफ्नो विचार राख्नु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ