दलसिंह गिरी/चैत १६, कालिकोट । ग्रामिण क्षेत्रमा रहेको बेरोजगार युवाहरुलाई इलेक्टोनिक ब्यवशायमा अग्रसर गराउन १ महिने हाउस वाईरिंग तालिम दिइएको छ । 

सहयोग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/चैत १६, कालिकोट । ग्रामिण क्षेत्रमा रहेको बेरोजगार युवाहरुलाई इलेक्टोनिक ब्यवशायमा अग्रसर गराउन १ महिने हाउस वाईरिंग तालिम दिइएको छ । 

सहयोग"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

रोजगारी श्रृजनाका लागि रास्कोटमा हाउस वाईरिंग तालिम

२०७३, १६ चैत्र बुधबार ११:०४


दलसिंह गिरी/चैत १६, कालिकोट । ग्रामिण क्षेत्रमा रहेको बेरोजगार युवाहरुलाई इलेक्टोनिक ब्यवशायमा अग्रसर गराउन १ महिने हाउस वाईरिंग तालिम दिइएको छ । 

सहयोगी हातहरुको समूह (सहास) नेपालले सिफल्स परियोजना मार्फत १ महिने हाउस वाईरिंग तालिम दिएको हो । ग्रामिण क्षेत्रका सिपखाना, मुम्रा मेहलमुडी र रकुका युवाहरुलाई यहि गएको फागुन १२ गते देखि पोतमारामा तालिमको उद्घाटन गरी यहि चैत्र १२ गते एक समापन कार्यक्रमको आयोजना गरी तालिम सम्पन्न भएको छ । तालिमको सहजिकरण एभरेष्ट टेडिंग सेन्टरका प्रोपराईटर धनगिरी शाहीले गर्नु भएको छ भने तालिममा ४ जना युवाहरुको सहभागि रहेका छन् ।

स्वदेशमै बसेर रोजगारीको अवसर श्रृजना गर्ने, स्थानिय स्तरमै सेवा प्रवाह गर्ने, दक्ष जनशक्ति स्थानीय स्तरमै उत्पादन गरी बिद्युत सम्बन्धिका सानातिना समस्याहरुलाई समाधान गर्ने हेतुले संचालित तालिममा सिपखाना, मुम्रा, मेहलमुडी र रकुका एक एक गरी ४ जना सहभागी रहेका छन् । १ महिना सम्म संचालित तालिम समापनको प्रमुख आथित्यता नेपाल बिद्युत प्राधिकरणका सूर्य बहादुर के.सी.ले गर्नु भएको छ भने अध्यक्षता सहास नेपालका परियोजना अधिकृत नमराज संज्यालले गर्नु भएको छ ।


समापन कार्यक्रममा बोल्दै तालिमका सहभागिहरुले तालिमको अबधिमा सिकेको सिपलाई आधार मान्दै अब ब्यवशायिक कार्ययोजना निर्माण गरी तालिममा सिकेको सिपलाई निरन्तरता दिने प्रतिबद्धता गरेका छन् । 

तालिमका सहभागीहरुले ब्यवशायिक योजना निर्माण गरी ब्यवशायलाई अगाडी बढ्न सके प्रोत्सान स्वरुप थप लगानी गर्ने परियोजना अधिकृत नमराज संज्याले बताउनु भएको छ । १ महिने तालिम समापन संगै तालिमेहरुलाई वाईरिंगका लागि चाहिने आवश्यक औजार उपकरणहरु उपलब्ध गराईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति