२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता यसकारण पाएनन्

२०७३, १७ चैत्र बिहीबार ०६:२१

चैत १७, गुल्मी । सामाजिक सुरक्षा भत्ताबापतको रकम छ महिना बित्दासम्म पनि गुल्मीका वृद्धवृद्धाले अझै पाउन सकेका छैनन् । 

सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाएका कारण यहाँका वृद्धवृद्धाले गाउँपालिका र नगरपालिकाका वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् । 

सरकारले स्थानीय तहको पुनःसंरचना गरेको तीन साता बितिसक्दा पनि जिल्ला समन्वय समितिले गाउँपालिका र नगरपालिका कार्यालयको खातामा रकम उपलब्ध नगराएका कारण बुढाबूढी सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् । 

सामाजिक सुरक्षा कार्यविधि–२०७३ अनुसार गत माघ १५ गतेभित्र बाँड्नुपर्ने रकम तत्कालीन जिल्ला विकास समितिले समयमै गाविसका खातामा रकम उपलब्ध नगराएका कारण उनीहरुले समयमा भत्ता पाउनबाट वञ्चित भएको साविकका गाविस सचिव हकहित संरक्षण केन्द्र गुल्मीका अध्यक्ष गोपाल सेनले बताउनुभयो । 

“जिविसले पहिल्यै गाविसको खातामा रकम पठाइसक्नुपर्ने थियो, पठाउन सकेन, सेनले भन्नुभयो–गाउँमा जाँदा बुढाबूढीले सचिवहरुले ल्याएर खातामा राखेका छन् कि भनेर शङ्का गर्छन्, हामीलाई त गाउँमा गएर ती बुढाबूढीको अगाडि मुख देखाउन पनि लाजमर्दो भइसक्यो ।” 

स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले भने साविकको जिविसबाट चेक काटेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकेको अवस्थामा सरकारले स्थानीय तहको पुनःसंरचना गरेपछि चेक रोकिँदा समस्या आएको बताउनुभयो । 

हाल दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मी जिल्लामा एउटा वडामा न्यूनतम रु २० लाखदेखि अधिकतम रु ७० लाखसम्म सामाजिक सुरक्षा भत्ता रकम बाँडिदै आएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति