चैत १७, मुगु । मुग सदरमुकाम नजिकै चैन गाउँको ईलका स्वास्थ्य चौकीमा सञ्चालीत चार दिने स्वास्थ्य शिविरमा चार हजार बढीको चेक जाँच गरीएको छ । 

छा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १७, मुगु । मुग सदरमुकाम नजिकै चैन गाउँको ईलका स्वास्थ्य चौकीमा सञ्चालीत चार दिने स्वास्थ्य शिविरमा चार हजार बढीको चेक जाँच गरीएको छ । 

छा"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

चार दिने स्वास्थ्य शिविरमा चार हजार बढीको चेक जाँच

१७ चैत्र २०७३, बिहीबार ११:३६


चैत १७, मुगु । मुग सदरमुकाम नजिकै चैन गाउँको ईलका स्वास्थ्य चौकीमा सञ्चालीत चार दिने स्वास्थ्य शिविरमा चार हजार बढीको चेक जाँच गरीएको छ । 

छायाँनाथ बचत तथा ऋण सहकारी सस्थाले ६० औ राष्टिय सहकारी दिवशको अबशरमा आयोजना गरेको ४ दिने वृहत स्वास्थ्य शिविरमा मुगु, जुम्ला ह्ुम्लाका बिरामी लाई चेक जाँच गरीएको हो । छायाँनाथ बचत तथा ऋण सहकारी सस्थाको आयोजना तथा सगरमाथा हेल्थ फाउण्डेशन, शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंका विशेषज्ञ डाक्टरहरूको सयुत्त सहकार्यम  सञ्चालीत निशुल्क अत्याधुनिक स्वास्थ्य शिविरमा बिभिन्न रोग जस्तै आङ्ग खस्ने, प्रसुती, मुटु दम, छाती नाक, कान, घाटी, हार्डजोर्नी, छाला र दाँत सम्वन्धि चार हजार बढी बिरामीको चेक जाँच गरीनु का साथै १२ जनाको शल्यकृया समेत गरीएको शिविरमा संलग्न शिक्षण अस्पतालका प्रोफेसर डा पदम राज पन्थले बताउनुभयो । 


कम्तिमा ५० जनाको पाठेघर तथा अन्य अप्रेसन गर्ने गरि औषधी र अन्य उपकरण साथमा लिएर आएपनि जिल्ला अस्पताल मुगुमा वेड नहुदा १२ जनाको मात्र अपे्रसन गरेको जसमा ८ जना महिलाको पाठेघर र ४ जना अन्य विरामीको रहेको पनि डा पन्थको भनाई छ  । शिविरमा जाँच गराएका मध्ये ११५० जना स्त्रीरोग, ९८५ साधारण चेकजाँच, ६३१ हाडजोर्नी, ४७८ नाक कान घाटी,५१२ चिरफार सर्जरी,४४२ दम छाती, ३८५ दाँत र मुटु ८३ जना रहेको शिविरका टोलीका प्रमुख प्रोफेसर डाक्टर केपी सिंहले बताउनु भयो  । 

शिविर आयोजक छायाँनाथ साकोसका अध्यक्ष भुपेन्द्र बहादुर मल्ल भन्छन  जनता स्वस्थ रहे देश स्वस्थ रहन्छ त्यसैले ६० औ सहकारी दिवशको अवशर पारेर मुगु जस्तो गरिब,विपन्न,आर्थीक पहुच नभएर रोग दवाएर बसेका जनतालाई सेवा दिने उदेश्यले र त्यसमा पनि मुगाली महिलाहरुमा पाठेघर सम्वन्धि समास्या बढी रहेको तत्थ्याक सरकारी तथा गैर सरकारी संघ सस्थाले देखाएकाले र ति पिडितहरुले उपचार गर्न सक्ने आर्थीक अबस्था नरहेकाले जिल्लामा त्यस्ता पिडितलाई निशुल्क उपचार गर्न वृहत स्वास्थ्य शिविरको योजना लिएर शिक्षण अस्पताल महाराजगंजमा पुगेर प्रस्ताव राख्दा चिकित्सकहरुले स्विकार गर्दा यो शिविरको आयोजना गर्न सकेका हौ । 

काठमाडौमा दिने सेवा तथा डाक्टरको हातबाट जिल्ला मै उपचार गराउन पाउदा आफुहरु जस्ता गरिव खुशी भएको उपचारमा सलग्न महिला हरुको भनाई छ । नन्द बहादुर रोकायाको सहयोगमा 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ