चैत्र १८, बागलुङ । कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्राईभेट लिमिटेड ढोरपाटन नगरपालिका–१ द्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघ बागलुङक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत्र १८, बागलुङ । कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्राईभेट लिमिटेड ढोरपाटन नगरपालिका–१ द्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघ बागलुङक"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

महासंघका अध्यक्ष शिरीषलाई रेडियो बुर्तिबाङद्वारा स्वागत

१८ चैत्र २०७३, शुक्रबार ०७:५२


चैत्र १८, बागलुङ । कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्राईभेट लिमिटेड ढोरपाटन नगरपालिका–१ द्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । 

रेडियोमा स्वागत, सम्मान तथा छलफल कार्यक्रमको आयोजना गरि नेपाल पत्रकार महासंघ बागलुङका नबनिर्वाचित अध्यक्ष शिरीषलाई शुक्रबार बधाई ज्ञापन गरिएको हो । 

कार्यक्रममा बोल्दै अध्यक्ष शिरीषले समाजको लागि आबश्यकता महसुस हुने खालका विषयबस्तु गठन गर्ने तर्फ पत्रकार तथा सञ्चारकर्मीको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले खोजमुलक समाचार र कार्यक्रम उत्पादन तथा प्रकाशन प्रसारण कम हुने गरेको भन्दै आफ्ना कमल र आवाजलाई खोजमुलक विषमा केन्द्रित गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । पत्रकार महासंघले जिल्लामा श्रमजिबि ऐन कार्यान्वयको स्थालगत अध्ययन, त्यसको कार्यान्वयन, पत्रकारहरुको क्षमता विकास सँगै महासंघको भवन निर्माणको अभियान सुरु गरेको बताउनुभायो ।    

रेडियोका संरक्षक तुल्सिराम आर्यालले पत्रकारिता सम्मानित, संबेदनशिल र जोखिम मिश्रित पेशा भएको भन्दै समाजप्रतिको उत्तरदायित्व बुझेर व्यवायिक पत्रकारीता गर्ने पत्रकारको भबिष्य उज्ज्वल रहेको बताउनुभयो ।

कार्यक्रममा अर्का संरक्षक टंकप्रसाद पौडेल, प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेल, सल्लाहकार ओमकुमार नेपाली, समाजिक व्यक्तित्व ददिराम शर्मा र रेडियो साथी क्लवका सहसचिव कमला खनालले मन्त्व्य राख्नुभएको थियो । 

अध्यक्ष शिरीषलाई खादा र अबिर लगाएर सम्मान सहित बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा जिल्लामा श्रमजिबि पत्रकार ऐन कार्यान्वयनको अबस्था, पश्चिम बागलुङमा पत्रकारीताको अभ्यास, महासंघले सुरु गरेको ‘हामी सबैको रहर पत्रकार महासंघको घर’ अभियान लगायत पत्रकारिता सँग सम्बन्धित समसायिक बिषयमा छलफल गरिएको थियो । 

पत्रकार महासंघका अध्यक्ष शिरीषले रेडियोका सञ्चालक तथा सञ्चारकर्मीलाई भवन निर्माणको आर्थिक अभियानमा सक्दो सहयोग गर्न आग्रह गर्नुभएको थियो । रेडियोका प्रबन्ध सञ्चालक चन्द्र अर्यालले रेडियो बुर्तिबाङका सञ्चालक र सञ्चारकर्मी महासंघसँग सहकार्य तथा सहयोगका लागि सँधै प्रतिबद्ध रहेको बताउनुभएको थियो । 

कार्यक्रम प्रबन्ध सञ्चालक अर्यालको अध्यक्षता,  कार्यक्रम संयोजक योगेन्द्र विश्वकर्माको स्वागत र स्टेशनम्यानेजर तथा नेपाल पत्रकार महासंघ बागलुङका सदस्य कृष्ण कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ